News कर्पोरेट

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छिन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरिय निर्णय अनुसार वैद्यलाई निमित्त प्रवन्ध निर्देशकको जिम्मेवारी दिईएको हो । उनी कम्पनीका नायब प्रबन्ध निर्देशक थिईन।

मन्त्रालयले प्रबन्ध निर्देशकका लागि दरखास्त आह्वान गरेपनि प्रक्रिया सम्पन्न भइनसकेका अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ०७८ पुस १८ को पत्रानुसार निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिएको कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत वैद्यले पुस १९ गते निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेको जोशीले वताए ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक वैद्यले कम्पनीको प्रगतिका लागि सवैलाई एकजुट बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन् ।

नेपाल टेलिकम प्रतिभा वैद्य राजेश जोशी

विशेष