News विदेश

चीनको निशानामा विदेशमा रहेका उइगरहरु

चीनको निशानामा विदेशमा रहेका उइगरहरु

चीनको दक्षिण पश्चिमी प्रान्त सिन्जियाङमा रहेका उइगरहरुमाथि ज्यादती गर्ने र उनीहरुको मानवअधिकार हनन् गर्ने कुरा अब नयाँ समाचार रहेन। सन् २०१७ देखि नै सिन्जियाङमा रहेका उइगरहरुलाई नियन्त्रणमा लिएर यातना दिने, यौन दुव्र्यवहार गर्ने, सामूहिक बलात्कार गर्ने, जबरजस्ती श्रममा लगाउने, बाँझोपन गराउने तथा हत्या गर्नेसम्मका कामहरुमा चिनियाँ अधिकारीहरु संलग्न रहेको कुरा सार्वजनिक हुँदै आएका छन्। 

सन् २०१९ मा मिहरेले उनका बुबालाई चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिएर यातना शिविरमा लगेको खबर पाइन्। उनको परिवार सिन्जियाङमा हुँदा नै उनी विदेश पलायन भएकी थिइन। उनका बुबालाई नियन्त्रणमा लिएको खबरले उनी निकै चिन्तित बनिन्। जापानमा अध्ययन गर्न आएका अधिकांश उइगर समुदायका विद्यार्थीहरुको कथा यस्तै भएको जापानी सञ्चारमाध्यम कोयदो न्युजले जनाएको छ। 

उनीहरुको परिवारका सदस्यहरुलाई सिन्जियाङमा चिनियाँ अधिकारीहरुले नियन्त्रण लिएको र अहिले उनीहरुलाई पनि चिनियाँ अधिकारीहरुले ‘वि च्याट’ मार्फत निरन्तर सोधपुछ गर्ने र निगरानी गर्ने गरेको पाइएको छ। मिहरेका साथीहरुले अहिले उनी डिप्रेसनमा गएको, विद्यायलय जान पनि छोडेको र त्रासले एक्लै चिच्याउने, रुने गरेको बताएका छन्। 

अन्तर्राष्ट्रिय समुदायले चीनलाई सिन्जियाङमा नरसंहार बन्द गर्न आग्रह गरिरहेका छन्। धेरै मुलुकहरु अमेरिका, क्यानडा, नेदरल्याण्डलगायतले चीनले सिन्जियाङमा उइगरहरुमाथि नरसंहार गरेको घोषणासमेत गरिसकेका छन्। पछिल्लो समय विभिन्न मानवअधिकारवादी संगठनहरुले पनि विभिन्न रिपोर्टहरु सार्वजनिक गर्दै चीनले सिन्जियाङमा अल्पसंख्यक उइगरहरुको मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै त्यसलाई रोक्नका लागि आग्रह गरिरहेका छन्। 

विदेशमा रहेको उइगर समुदायले पनि चीनको विरोध गर्दै सिन्जियाङमा रहेका आफ्ना परिवारका सदस्यहरुको उद्वारका लागि आग्रह गरिरहँदा चिनियाँ अधिकारीहरुले उनीहरुमाथि निगरानी गर्ने र मानसिक यातना दिने गरेको खुलेको छ। उनीहरुलाई चीन बोलाउन र नफर्किए परिवारका सदस्यहरुको हत्या गर्नेसम्मको धम्की म्यासेजबाट दिने गरेको बताईन्छ।

उइगर

विशेष