News विदेश मुख्य समाचार

तबलीगी जमात नौ कोरोना संक्रमणको मुख्य जिम्मेवार : दिल्ली पुलिस

तबलीगी जमात नौ कोरोना संक्रमणको मुख्य जिम्मेवार : दिल्ली पुलिस

 

दिल्ली । दिल्ली पुलिसले २०२० को तबलीगी जमातको कार्यक्रममा सामेल हुनेहरूलाई आश्रय दिनेहरू नै कोरोना संक्रमणको जिम्मेवार रहेको बताएको छ।

दिल्ली पुलिसले दिल्ली हाई कोर्टमा यसबारे विस्तृत जानकारी दिएको छ। जस्टिस मुक्ता गुप्ताको बेन्चले यस मामिलामा 28 फरवरीमा सुनवाई गर्ने आदेश दिएका छन्।
दिल्ली पुलिसले हाई कोर्टमा बताए अनुसार तबलीबी जमातको कार्यक्रममा सामेल हुनेहरूलाई आश्रय दिने भारतीय नागरिकहरूले कोरोनासित सम्बन्धित निरोधात्मक आदेशहरूको उल्लंघन गरे। कोर्टले याचिकाकर्ताहरूका वकील आशीमा मण्डलालाई जवाफ दर्ता गर्न निर्देश दिएको छ।

 6 दिसम्बर, 2021 मा दिल्ली हाई कोर्टले दिल्ली पुलिसलाई के कुनै भारतीय नागरिकलाई वैध पासपोर्टको माध्यमद्वारा भारत आएका तबलीगी जमातका विदेशी नागरिकहरूलाई आफ्नो आवासमा राख्न प्रतिबन्ध छ भनी प्रश्न गरेको थियो। जफावमा 6 दिसम्बरमा भएको सुनवाईमा दिल्ली पुलिसले कोर्टमा लकडाउन लगाइएको  बेला सबैजनालाई स्थिर स्थितिमा रह्न सरकारी आदेश थियो। तर तबलीगी जमातका आरोपितहरू सरकारी प्रतिबन्धहरूको उलल्न्धन गरिरहे। मार्च 2020 मा निजामुद्दीनको मरकजमा भएको कार्यक्रममा तबलीगी जमातका मानिसहरू ठूलो संख्यामा जुटेका थिए। त्यसपछि प्रशासनले तबलीगी तमातका मानिसहरूलाई बाहिर निकालेर क्वारन्टिन सेन्टरहरूमा पठाएको थियो।

विशेष