News राजनीति

रामचन्द्र पौडेलले गद्दारी गरेको शेखर पक्षको निस्कर्ष

रामचन्द्र पौडेलले गद्दारी गरेको शेखर पक्षको निस्कर्ष

सभापतिमा पराजित भएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बोलाएको आन्तरिक बैठकमा नेता रामचन्द्र पौडेलले गद्दारी गरेको निस्कर्ष निस्किएको छ। नेतृत्व परिवर्तनको कुरा गर्दै अन्तिम समयमा पौडेलले देउवालाई सहयोग गरेको रिपोर्ट कोइराला पक्षको भेलामा प्रस्तुत भएको छ।

आफ्नो प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य उठेका नेताहरूसँग कोइरालाले बत्तिसपुतलीमा आयोजना गरेको वैठकमा पौडेलले महाधिवेशनमा ‘मौन’ बसेर सभापति शेरबहादुर देउवालाई नै सहयोग गरेको निस्कर्ष निस्किएको एक नेताले वताए ।

बैठकमा उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बलबहादुर केसी उपस्थित थिए।

वैठकमा सभापति शेरबहादुर देउवाले मनोनीतमा आफू निकटलाई प्राथमिकता दिएको, राष्ट्रिय सभा सदस्य उम्मेदवार छान्दा प्रक्रिया नपु¥याइएको र नेता पौडेलले सभापति देउवालाई सहयोग गरेको पाइएको विषयमा बैठकमा नेताहरूले छलफल गरेका थिए।

बैठकमा सभापति देउवाले दुई चरणमा गरेका मनोनीतबारे छलफल भएको थियो। देउवाले महाधिवेशन प्रक्रियाबाट अलग बसेको बताएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन् भने दुई चरणमा गरी १३ जना केन्द्रीय सदस्य मनोनीत गर्दा शेखर पक्षका एक जना पनि समेटेका छैनन्।

साथै आफ्नो प्यानलबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री हारेका र सभापतिमा आफूलाई समर्थन गरेकाहरूलाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन्।

रामचन्द्र पौडेल

विशेष