News

भिम रावलको प्यानलबाट एमाले कैलाली जिल्ला अध्यक्षमा नेता भण्डारीको दावी

भिम रावलको प्यानलबाट एमाले कैलाली जिल्ला अध्यक्षमा नेता भण्डारीको दावी

पुष २३ गते हुने नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा नेता भिम रावलको प्यानलबाट नेत्र भण्डारी अध्यक्ष पदमा दावी गर्ने भएकाछन् । युवा संघका केन्द्रिय सदस्य भण्डारीले नेता रावलको प्यानलबाट अध्यक्षमा दावी गर्ने भएका हुन् ।


पहिलो र दोस्रो लहरको कोभिड १९ महामारीको बेला ‘जसको कोही छैन, उसको हामी छौँ’ भन्ने अभियान सञ्चालन गरेर भण्डारीले नागरिक माझ चर्चा कमाएका थिए । निषेधाज्ञाका कारण समास्यामा परेका नागरिकहरुलाई नेता भण्डारीले अभियान सञ्चालन गरी खाद्यान्न, अत्यावश्यक औषधी लगाएतको सहयोग गरेका थिए । 

भण्डारीको उम्मेदवारीको विषयमा नेपाल आजले गरेको संवादको सम्पादित अंशः
 

तपाई राजनितिक यात्राको बारेमा बताई दिनुस्न?

एलएलसी पास गरिसकेपछि २०५८ सालमा कैलाली बहुमुखी क्याम्पसबाट राजनितिक यात्रा सुरु भएको हो । स्व. रविन्द्र अधिकारी तत्कालिन अध्यक्ष भएको नेकपा मालेको विद्यार्थी संगठनबाट मैले राजनितिमा जोडिएको हुँ । अनेरास्ववियुको जिल्ला कमिटी सदस्य । २०६१ सालमा राष्ट्रिय युवासंघको जिल्ला कमिटी कैलाली सदस्य, अध्यक्षको उम्मेदवार भएर दुइवटा कमिटी गठन भयो जसमध्ये एउटा कमिटीको नेतृत्व मैले गरेको थिए  । अन्चल कमिटी सदस्य, अन्चल कमिटी सचिव हुँदै युवा संघको केन्द्रिय सदस्य भएको छु । यसविचमा कैलाली जिल्लाबाट पार्टीको विभिन्न आन्दोलनको नेतृत्व गरेको छु । 


राजनितिमा कसलाई आदर्श मान्नुहुन्छ?
म नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको जनताको बहुदलिय जनवादबाट प्रभावित भएको छु । त्यसैगरी भिम रावलको राष्ट्र र राष्ट्रियताको सम्बन्धि विचारबाट प्रभावित भएको छु । 


तपाईको उम्मेदवारी किन?
कैलाली जिल्लामा अहिले हाम्रो पार्टीको सिद्धान्त जनताको बहुदलिय जनवादको त्यो त बेचेर खाईसके, व्यापारी, गुण्डा, तस्कर, वेश्यावृर्तीमा लागेका हरुको हाबी भयो । पार्टीभित्र इमानदार मान्छेको मुल्यांकन छैन । संघर्ष गर्ने मान्छे, पार्टीभित्र दुःख गर्ने मान्छे, पार्टीमा पुरानो मान्छे विस्थापित भए । म पार्टी अध्यक्षमा आएपछि कम्युनिज्म बुझेका, माक्सवाद, लेलिनवाद बुझेका संघर्ष गर्ने मान्छे, पार्टीभित्र दुःख गर्ने मान्छेले टिकट पाउँछन् । पार्टीभित्र मेरो उम्मेदवारी पार्टी बनाउनका लागि हो । 

कोभिड १९ को समयमा तपाईले राहत वितरण कार्यक्रम गरेर चर्चा पाउनु भएको थियो । के कसरी राहत वितरण गर्नु भयोरु त्यती बेलाको अनुभव बताई दिनुस्न । 


हामीले कोरोनाको पहिलो र दोस्रो लहरमा ‘जसको कोही छैन, उसको हामी छौँ’ भन्ने अभियान सञ्चालन गरेर राहत वितरणका काम गरेका थियौँ । मेरा नजिकका आफन्त, मित्रहरुको सहयोग र मेरो व्यक्तिगत सहयोगमा सानो सानो रकम जम्मा गरेर अप्ठ्यारोमा परेका नागरिकलाई हामीले राहत वितरण गरेका थियौँ । मेरो श्रीमतीको खातामा भएको करिब डेढ लाख नगद समेत मैले कोरोना राहतमा वितरण गरेको थिएँ । सबै गरेर हामीले साढे आठ सय कुन्टल चालम, चार हजार लिटर तेल ३२ कुन्टल तेल तथा अन्य सामाग्री वितरण गरेका थियौँ । नागरिकको सेवा गर्न धेरै धनभन्दा ठुलो मन चाहिने रहेछ । 


तपाई अरु अध्यक्षका उम्मेदवार भन्दा किन फरक?
कैलाली जिल्लामा कम्युनिष्ट पार्टीका नाममा विकृती, विसंगती, गुण्डागर्दी गर्ने, व्यापारी मान्छेको बोलवाला छ । पार्टीभित्र इमान्दार र वर्गिय राजनिति गर्ने मान्छे आउनु पर्छ भन्ने मेरो मान्यता र एजेण्डा हो । म नेतृत्वमा आएभने इमान्दार मान्छेले टिकट पाउँछ । अहिले पार्टीमा लगानि लगाउने मान्छे धराशायी भयो । जसले सर्वहारा वर्गको नेतृत्व गर्न सक्छ त्यस्तो व्यक्ति अगाडी आउनु पर्छ भन्ने कुराका लागि मेरो उम्मेदवारी हो ।
 

विशेष