महरा काण्डकी रोशनीले प्रचण्डलाई लगाईन छोरो मारेको आरोप

पूर्वसभामुख कृष्णबहादुर महरामाथि ‘जबर्जस्ती करणी’को गम्भीर आरोप लगाएर चर्चामा आएकी रोशनी शाही वेलावखत विवादमा आईरहन्छिन। शाही प्रायः सामाजिक सञ्जालमा विवादित विषयहरु उठाउँछिन् र धेरैलाई गालि गर्छिन। यसै कारण पनि उनको चर्चा हुने गरेको छ।
पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध तिव्र असन्तुष्टि ब्यक्त गरिरहेकी छिन् । उनले प्रचण्डलाई आफनो छोरा प्रकाशको हत्या गरेको आरोप समेत लगाएकी छिने ।
प्रकाशको मृत्युलाई प्रचण्डले चुनाव जित्ने माद्यम वनाएको भन्दै शाहीले फेसवुकमा प्रतिक्रिया ब्यक्त गरेकी छिन् । उनी त्यतिमा मात्रै अडिएकी छैनन्। पत्नि सितालाई विरामी अवस्थामै सिद्याएर आगामी चुनाव जित्न पनि उनले सुझाव दिएकी छिन्। उनले लेखेकी छिन्–‘प्रकाशको चिता सेलाउन नपाउदै कत्ति न आफुलाई रास्ट्रप्रेमी देखाउन खोजेर लगत्तै चुनाबको प्रचारमा हिड्नु। प्रकाशको कात्रो ओढेर बिना मगरले चुनाब जित्नु। एउटा प्रकाश मरेर के भयो, त्यसको फाईदा घरका सबैले उठाए। प्रचण्ड ज्यु अब चुनाब नजिकिदै छ। सीताजी लाई बिरामी मौकामै सिद्याएर चुनाब जित्नुहोला अग्रिम शुभकामना स–परिबार लाई नै।’
यसअघिको अर्को स्ट्याटसमा शाहीले केपी ओलीसँग रोइकराई गरेर देवी ज्ञवालीलाई हार्न लगाई चुनाव जितेको र ओलीकै आशिर्वादले छोरीलाई मेयर वनाएको प्रसंग उल्लेख गरेकी छिन् । ‘देबी ज्ञवालीलाई हार्न लगाएर त्यती वेला केपीसँग रोईकराई गरेर छोरिलाई मेयर बनाउनुभयो। यसै कारणले छोरा पनि मार्नुभयो। तपाईलाई थाहा थियो प्रकाशको मृत्यु हुन्छ भनेर। चुनाब जित्नकै लागि छोरा मार्ने हत्याराहरुको जमात हो जोईपोई केन्द्र पेरिसडाँडा।’– उनले लेखेकी छिन।
शाकीले माओवादी केन्द्रलाई जोईपोई केन्द्रको उपमा दिएकी छिन् । उनले लेखेकी छिन्–‘माओवादी केन्द्र होईन, जोईपोई केन्द्र नाम राख्नु प्रचण्ड ज्यु। तपाईका शाखा सन्तान सबैलाई केन्द्रमा भर्ती गर्नु सीताजीलाई किन छोड्नुभयो ? कि राख्न बिर्सनुभयो ? यस्तै तपाईको बानीले केपीले दश बल्ड्याङ ख्वाईदिए पछि आखिर आफ्नै धरातलमा आउनुपर्यो। अब सबै चितवन आफ्नै घर बस्नुस्, तपाईं शहरिया भएर पार्टी चल्दैन गाउँले जीवन बिताउनुस्।’
उनले अर्को स्ट्याटसमा ‘प्रचण्ड र हामी प्रजा होईनौ’ भन्दै लेखेकी छिन् । उनले लेखेकी छिन्– ‘प्रचण्ड राजा र हामी प्रजा होईनौ। नाफाको जिन्दगी पाएका कार्यकर्ता हौ त्यसैले याद राख तिमिले छोरालाई मारेर चुनाब जिते जस्तो अबका दिन हुदैनन्। न त हामी आँखा चिम्लेर तिमिले जता डो¥यायौ उता जाने पनि परेनौ। अब प्रचण्ड ज्यू शहरिया जीवन त्यागेर आफ्नै थातथलो चितवन जानुस्। राजनीति त्यहीबाट गर्नुस्’
यो पनि
महरा काण्डका खलपात्र रोसनी र उनका श्रीमानले अदालतमै कुटाकुट गरेका हुन ?
रोशनी शाही पुष्पकमल दाहाल ‘प्रचण्ड’