News

बतास समुहमा के हो प्रधानमन्त्री पत्नि आरजुको साईनो ?

बतास समुहमा के हो प्रधानमन्त्री पत्नि आरजुको साईनो ?

नारायणहिटी दरबार संग्राहलय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने विषयले बतास समूह यतिवेला चर्चामा छ । रेस्टुरेन्टका लागि भवन निर्माणको काम तीव्र पारेपछि त्यसको चर्को विरोध भयो। 

बताससँगै उसलाई रेस्टुरेन्ट सञ्चालनका लागि अनुमती दिने तत्कालिन केपी शर्मा ओली सरकारको पनि आलोचना भईरहेको छ। तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि विवादमा तानिए । यद्यपी बतासको विषयमा आफुलाई कुनै जानकारी नभएको भट्टराईले सार्वजनिक प्रतिक्रिया जनाएका छन् ।

बतासको विषय अहिले प्रधानमन्त्री शेरवहादुर देउवा पत्नि आरजुतर्फ मोडिएको छ। उनी १०–१२ जनवरी (२६–२८ पुस) मा हुन लागेको प्रधानमन्त्री देउवाको भ्रमणको तयारीका लागि भारतमै छिन् । यसैवेला उनको नाम वतास समुहको सल्लाहकार समुहमा देखिएपछि आरजु पनि आलोचनाको शिकार भएकी छिन् ।

वतास समुहको वेबसाईटमा अहिले उनको नाम हटाईएको छ तर, दुई दिनअघिसम्म सल्लाहकारका रुपमा आरजु देउवाको नामसहितको फोटो राखिएको थियो । त्यसले बताससँगको साईनो केपी शर्मा ओली र योगेश भट्टराईसँग भन्दा पनि प्रधानमन्त्री देउवा र आरजुसँग देखिएको छ।

जानकारहरुका अनुसार नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा रेस्टुरेन्ट सञ्चालनका लागि भइरहेको तयारी रोक्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निर्देशन दिएपछि अहिले सम्पुर्ण काम रोकिएको छ। तर, मन्त्री जसरी प्रस्तुत भए– त्यो चै प्रायोजित हो भन्ने सर्वत्र चर्चा छ। मन्त्री आलेले आफुलाई अचानक त्यो विषयमा जानकारी भएको देखाउँदै भवन निर्माणको कार्य तत्काल रोक्न निर्देशन दिएका थिए । तर, त्यो विषयमा उनी धेरै अगाडिदेखि जानकार रहेको श्रोत वताउँछ।

पछिल्लो समय आरजु र बतास समूहबीच आर्थिक लेनदेनमा तनाव भएको चर्चा छ। आफुलाई नटेरेपछि आरजुले बतासलाई धम्क्याउन खोजेको र त्यसमा मन्त्री आले मोहरा मात्रै भएको जानकारहरु वताउँछन् । आरजुको निर्देशनमा आले खेताला भएर बतासलाई धम्क्याएको स्रोतको दाबी छ।

आरजु र बतास समुहका विचमा लेनदेनको कुरा मिल्नासाथ मन्त्री आले ‘घरको न घाटको’ भएर थन्किने उनीहरुको दावी छ। आरजुले भने उक्त संस्थामा आफनो कुनै संग्लनता नभएको जनाएकी छिन् । विहिवार फेसवुकमा आफनो प्रतिक्रिया ब्यक्ति गरेकी उनले त्यो संस्थामा आफनो संलग्नता नरहेको वताएकी हुन ।

०७७ सालमै भएको सम्झौतालाई अहिले तत्कालै थाहा पाए जसरी मन्त्री प्रस्तुत हुनु नै आश्चर्य भएको वताईन्छ। यद्यपी मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालय परिसरबाट बतास समूहलाई हटाएरै छाड्ने दाबी गरेका छन्। उनले कुन प्रक्रियामार्फत बतास समूहलाई हटाउने भन्ने विषयमा आफूबीच छलफल भइरहेको बताए। 

व्यापारिक घराना बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्राहलयमा रेस्टुरेन्ट खोल्नेगरी ०७७ सालमै जग्गा भाडामा लिने सम्झौता गरेको थियो । बतास अर्गनाइजेसन अन्तर्गत बिपिएस लिजिङ कम्पनीले महिनामा दुई लाख २१ हजार भाडा दिनेगरी सम्झौता गरेको छ।

बतास समूहले नारायणहिटी मात्र नभएर पशुपतिनाथ मन्दिरमा क्षेत्रमा रहेको धर्मशालामा पनि होटल सञ्चालन गर्दै आएको छ ।  

यो पनि

नारायणहिटी दरबारमा रेस्टुरेन्ट चलाउने निर्णयले योगेश भट्टराई विवादमा

प्रेम आले आरजु देउवा नारायणहिटी दरबार संग्राहलय बतास समूह

विशेष