News राजनीति

प्रधानमन्त्री देउवाको भारत भ्रमण यसरी भयो रद्द

प्रधानमन्त्री देउवाको भारत भ्रमण यसरी भयो रद्द

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भारतमा कोरोना सङ्क्रमण बढेकाले रद्द भएको छ।

प्रधानमन्त्री देउवा समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा हुने भनिएको एक कार्यक्रममा सहभागि हुन जाने निधो भएको थियो । यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो ।

असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम पनि रद्द भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताए ।

बाह्य लगानी आकर्षित गर्ने उद्देश्यले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गरेको उक्त सम्मेलनको १०औँ श्रृंखलामा प्रधानमन्त्री देउवासहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखहरुले भाग लिने कार्यक्रम थियो ।

शेरबहादुर देउवा

विशेष