News

नारायणहिटी र बतास प्रकरणः वैंकलाई पनि सित्तैमा जग्गा दिएको खुलासा

नारायणहिटी र बतास प्रकरणः वैंकलाई पनि सित्तैमा जग्गा दिएको खुलासा

होटल सञ्चालनको विषयले चर्चामा आएको नारायणहिटी दरवार संग्रहालय फेरी अर्को प्रकरणले चर्चामा आएको छ। नारायणहिटी दरवार संग्रहालयभित्र वतास अर्गनाईजेसनलाई होटल सञ्चालन गर्न दिनु पुर्व निजी वैंकलाई सित्तैंमा जग्गा दिईएको खुलासा भएको छ।

वैंकलाई सित्तैमा जग्गा दिईएको विषय नेपाल सरकारको उच्च पद (सचिव) मा रही रिटायर भएका भीम उपाध्यायले सार्वजनिक गरेका हुन । उनले विहिवार समाजिक सञ्चाल मार्फत नारायणहिटी दरवार संग्रहालयको १ रोपनी जग्गा एभरेष्ट वैंकलाई सित्तैमा काउन्टर खोल्न दिएको खुलासा गरेका हुन ।

‘नारायणहिटी भित्र फेरी अर्को चलखेलको भण्डाफोर?’ उनले लेखेका छन्–‘रेष्टुरेन्ट काण्डका साथै ओली सरकारको पालामा नारायणहिटी संग्रहालयकै १ रोपनी जग्गा एभरेष्ट बैंकलाई सित्तैमा काउन्टर खोल्न दिइएको खुलासा भएको छ । हेर्दा उक्त जग्गा आधिकारिक ट्रेड युनियन पार्क बनाउने भनी दिइएको तर, अन्तर्यमा एभरेष्ट बैंकलाई जग्गा सिंत्तैमा दिइएको छ भनिदैछ। लौ मन्त्री आले जी, कुरा के हो? यो गोबर पनि सोहर्नुपर्ने हुन सक्छ। एमालेलाई कतै खाली सरकारी जग्गा देख्नै नहुनी रैछ।’
 

भीम उपाध्याय

विशेष