सभामुखको नाम दुरुपयोग गर्दै यसरी हुन्छ तातोपानीमा सुन तस्करी
नेपाल–चीन सिमाक्षेत्र तातोपानी नाकामा चीनको हेपाई र नाकाबन्दी त छदैछ अर्कातिर एक नेपालीले अर्को नेपालीलाई गरिखान नदिएको तितो यथार्थ पनि अगाडि आएको छ।
तातोपानी नाकामा चीनको अघोषित नाकाबन्दी अझै कायम छ। कोरोनाको त्रास सँगै सुरु भएको नाकावन्दी पछिल्लो समय केही खुकुलो भए पनि पुर्ण रुपमा खुलेको छैन । आशिंक रुपमा खुलेको नाकामा नेपालतर्फका नागरिक र गाडिलाई प्रवेश दिइएको छैन । तर नाकामा नेपालतर्फको एउटा कम्पनीको गाडीले भने निरन्तर प्रवेश पाउने गरेको छ । त्यो कम्पनि हो –सिल्क ट्रान्सपोटेसन । सिल्क टान्सपोटेसनका कन्टेनरहरु भने विना अवरोध चीन प्रवेश गरिरहेका छन। र सामान ढुवानी गरिरहेका छन ।
अन्य कम्पनीका गाडि नाका वारी नै रहनु पर्ने नियम छ । सिल्कका गाडिलाई भने कुनै नियम कानुन छैन । सिल्क चीनका विभिन्न वजार पुगेर सामान बोकेर फर्कन्छ । यो अवस्था हेर्दा तातोपानी नाकामा सिल्कको एकछत्र राज छ। महामारीको त्रास देखाई अन्य गाडि प्रवेशमा रोक लगाइरहेका बेला सिल्क भने दादागिरी शैलीमा नाका प्रवेश गर्छ र सामान लिएर फर्कन्छ । त्यहाँको दुश्य देख्दा लाग्छ–सिल्कका वाहेक अन्य कन्टेनरले सामान बोक्न पाउँदैनन, त्यस नाकामा।
स्थानियका अनुसार उक्त नाकामा सिल्कको मात्रै एकाधिकार छ । जति पनि कन्टेनर सामान लिन चाइना भित्रन्छन, त्यो सिल्ककै मात्र हुन्छ। उक्त नाकामा सिल्क बाहेक अन्य गाडीलाई प्रवेश दिइदैन। स्थानिय जनप्रतिनिधिले नाकामा सिल्कको एकाधिकार तोडन खोजे पनि नसकिएको प्रतिक्रिया दिए ।
सामान ढुवानीमा कम्युनिष्ट सरकार र सिल्कको मिलेमतो रहेको उनिहरु दाबी गर्दछन् । सिल्कले स्थानिय नागरिकलाई रोजगारी समेत दिदैन । सिल्क ट्रान्सपोर्टका मालिक हुन–रमेश शेर्पा । उनको मिलेमतो ब्राहबिशे नगरपालिकाका मेयर निमफुन्जो शेर्पासँग छ । नातामा निमफुन्जोको भान्जा हुन रमेश। दुवैलाई तस्करी गरेको आरोप लाग्ने गरेको छ । यी दुइले चीनबाट सुन तस्करी गरी नेपाल भारत लगायतका देशमा बेच्ने गरेको आरोप छ । रमेशले स्थानिय चुनावमा निमफुन्जोलाई खर्च वापत एउटा हाईलक्स गाडि र तिन करोड रुपैया दिएको जानकारहरु वताउँछन् । निमफुन्जोले चुनाव जितेपछि उनकै सहयोगमा अहिले रमेशले तातोपानी नाकामा एक छत्र राज गरिरहेका छन ।
नाकाबन्दीले नेपालको व्यापार व्यवसाय चौपट छ । नयाँ सामान भित्रन नपाउँदा भएको सामानको भाउले आकाश छोएको छ। खोजेको सामान नपाइने समस्या त्यस्तै छ । नेपालका व्यापारिहरु मारमा परेका छन । तर सिल्कलाई यही नाकाबन्दिबाट अरबौंको नाफा भएको छ ।
तस्करीमा नाम कमाएका रमेशले भन्सारमा प्रभाव जमाएर आफुले ब्यवसाय गरेको खुलेआम वताउने गरेका छन् । उनले अन्य कन्टेनर मालिकलाई पनि आफु जस्तो प्रभाव देखाएर काम गर्न चुनौती दिने गरेका छन् ।
रमेशका मामाभान्जालाई सभामुख अग्निप्रसाद सापकोटाको पनि संरक्षण रहेको श्रोतको दावी छ। जानकारी अनुसार निमफुन्जो र रमेशको ब्यबसायमा सभामुखका छोराको पनि पार्टनरसिप छ। निमफुन्जो विवादित व्यतिm भएकाले पनि उनका हरके कृयाकलापमा सर्वसाधारणले आशंका ब्यक्त गर्छन। उनलाई एउटा मात्रै होईन, अनेकौ आरोप लाग्ने गरेको छ ।
सिन्धुपाल्चोककै नेपाली काँग्रेसका नेता बालकृष्ण बस्नेतले पनि निमफुन्जो तस्कर भएको आरोप लगाएका छन् । निपमफुन्जोले तातोपानी नाकाबाटै तस्करी गर्ने गरेको उनको भनाई छ । नेता बस्नेतले निमफुन्जो माथि नेपालबाट हरियो डलर लादै चिनबाट पहेलो सुन भित्राएर तस्करी गर्ने गरेको आरोप लगाएका छन ।
निमफुन्जोले अबैध क्रसर व्यवसाय सञ्चालन गरी प्राकृतिक स्रोत र साधनको दोहन गरेको पनि वस्नेतले आरोप गाएका छन । चिनियाँ भाषा जान्ने तथा छलकपटमा खप्पिस भएकाले चिनियाँ नागरिक, भन्सार कर्मचारी र प्रहरीसँग यि दुईको निकै राम्रो सम्बन्ध छ । जसकारण नाकामा सिल्कका कन्टेनरलाई कुनै रोकटोक छैन । सिल्कको कन्टेनर दादागिरी शैलीमा चिन प्रवेश गर्छ र सामान लिएर र्फकन्छ। तर अन्य कन्टेनरहरु यसै अलपत्र पर्ने गरेका छन ।
तातोपानी नाका रमेश शेर्पा निमफुन्जो शेर्पा