News

स्मार्ट लकडाउन गर्ने सरकारको तयारी, कहाँ–कहाँ हुँदैछ लकडाउन ?

स्मार्ट लकडाउन गर्ने सरकारको तयारी, कहाँ–कहाँ हुँदैछ लकडाउन ?

सरकारले भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नाकालाई लक्षित गरी स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ। शुक्रवार सिहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउनका विषयमा छलफल भएको छ।

एक सातासम्म निरन्तर कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी भईरहेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले वताए । आवश्यकता अनुसार केहि क्षेत्र मात्र बन्द गर्ने गरी स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको बताए ।

पहिलेजस्तो सवै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अव केहि स्थान वा केहि क्षेत्रमात्र बन्द गर्नेगरि स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने उनको भनाई छ। भारतिय नाकामा कोरोना परिक्षणलाई प्रभावकारी बनाउने, संक्रमितलाई राख्न आइशोलेशन वार्ड निर्माण गर्ने र त्यसको समन्वयनको कार्य प्रमुख जिल्ला अधिकारीले गर्ने मन्त्री खतिवडाले वताए ।

स्थानीय तहमा नै कोरोना संक्रमितको उपचार गर्ने गरि स्थानीय निकायले व्यस्था गर्ने र त्यसकोे खर्च केन्द्र सरकारले व्यहोर्ने गरि तयारी गरिएको मन्त्री खतिवडाको भनाई छ। 

बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि दुई साता अभियान चलाउने निर्णय गरेको छ । 

लकडाउन

विशेष