News विदेश स्वास्थ्य

चीनमा खाद्यवस्तुमा पनि भेटियो कोरोना संक्रमण 

चीनमा खाद्यवस्तुमा पनि भेटियो कोरोना संक्रमण 

कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वकै सामु चुनौतीपूर्ण वन्दै गएको छ। यसले लगभग सबै देशलाई आक्रान्त पारेको छ । अहिलेसम्म सार्वजनिक भएका सबै भेरियन्टमध्ये कुनै पनि खाद्यवस्तुलाई संक्रमित बनाएको प्रमाण हालसम्म फेला परेको थिएन तर यो नयाँ भेरियन्ट आउँदा चीनमा ड्रागन फ्रुटमा समेत कोरोना भाइरस भेटिएको खबर आएको छ ।  चिनियाँ ड्रयागन फलहरूमा कोरोना संक्रमण भेटिएको खबर सार्वजनिक भएपछि चीनका धेरै सुपरमार्केट बन्द गरिएका छन् ।

चीनको झेजियाङ र जियाङ्सी प्रान्तका नौ सहरमा फलफूलको परीक्षणमा कोरोना भाइरसको पुष्टि भएको हो ।  यसपछि फलफूल खरिद गर्नेलाई पनि क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । यसका साथै विदेशबाट आउने खाद्यवस्तुको पनि अनुसन्धान थालिएको छ । 

ड्रयागन फ्रुटमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले भियतनामबाट ड्रयागन फ्रुट आयातमा २६ जनवरीसम्म प्रतिबन्ध लगाएको छ ।  गत साता चीनमा ड्रयागन फ्रुटमा कोरोना भाइरस भेटिएको पुष्टि भएको थियो ।  उल्लेखनीय कुरा के छ भने चीनको सियान सहरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यहाँ पहिलेदेखि नै लकडाउन गरिएको छ ।  यसपछि युझु सहरमा लकडाउन लगाइएको छ ।

विशेष