News

एमाले महाधिवेशनमा बेस्यावृत्ति भएको वरिष्ठ पत्रकारको खुलासा

एमाले महाधिवेशनमा बेस्यावृत्ति भएको वरिष्ठ पत्रकारको खुलासा

प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले मंसिर १० देखि १२ सम्म चितवनको सौराहामा सम्पन्न एमाले महाधिवेशनमा वेस्यावृत्ति भएको खुलासा गरेका छन् । उनले प्रेस काउन्सिलमा पुस २१ गते भएको छलफलका क्रममा यस्तो खुलासा गरेका हुन ।

मङ्सिर ११ गते नेपाल आजमा प्रकाशित ‘चितवनमा इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग’ शिर्षकको समाचारका विषयमा प्रतिक्रिया जनाउँदै पाण्डेले ‘त्यहाँ मानिसहरु ...ण्डिबाजी (अपशब्द) को लागि मात्र जान्छन ?’ भन्दै प्रश्न गरे। जवकी उक्त समचारमा वेस्यावृत्ति र ...ण्डिवाजीको विषय नै उठाइएको छैन। छलफलका क्रममा उपस्थित महिला कर्मचारीकै अगाडि उनले यसरी अपशब्द प्रयोग गरेका हुन ।

समाचारमा नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा गर्भनिरोधक अस्थायी साधन वढेको विषय मात्रै उठाईएको छ। अस्थायी साधनको जथाभावी विक्रिले औषधी ब्यवसायीलाई मर्का परेको विषय उनीहरुकै भनाईमा समाचारमा उल्लेख गरिएको छ। एमाले अधिवेशनमा प्राय जोड़ी,  प्रेमी र धेरै जसो दम्पत्तिहरु नै सहभागी भएको र त्यसैले अस्थायी साधनको माग वढेको हुन सक्ने औषधी ब्यवसायीहरुको अनुमानलाई पनि समचारमा उल्लेख गरिएको छ। तर, वेस्यावृत्तिको कुरा कहीँ कतै समावेश गरिएको छैन।

तर, काउन्सिल सदस्य पाण्डेले भने सवै वेस्यावृत्तिकै लागि नगएको भन्दै केही चै त्यसैका लागि गएको आसयमा प्रतिक्रिया जनाए । उनले बेस्यावृत्तिको आधार र प्रमाण भने दिन सकेनन। काउन्सिल सदस्य पाण्डे प्रकाश साप्ताहिकका प्रकाशक÷सम्पादक समेत हुन ।

उनले कण्डम र गर्भनिरोधक अस्थायी साधनको माग बढेको नेपाल आजको समाचार प्रति भने अशंका ब्यक्त गरे । छलफलका क्रममा अर्का काउन्सिल सदस्य शरद अधिकारीकारीले नेपाल आजमा प्रकाशित समाचार वाचन गरेर सुनाएका थिए । सो क्रममा पाण्डेले अस्थायी साधनको माग बढेको बिषय प्रमाणीत गर्न चुनौती दिए। उनको यो भनाईका विषयमा समाचार प्रशारण गर्ने भनेपछि औपराधिक प्रतिक्रिया भने उनले दिन मानेनन्।
 

यो पनि

चितवनमा इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग

दीपक पाण्डे

विशेष