News

चीनियाँ दादागिरीले काठमाण्डौंको नेपाली ब्यवसाय धरापमा

चीनियाँ दादागिरीले काठमाण्डौंको नेपाली ब्यवसाय धरापमा

कोरोना संक्रमणका कारण बन्द भएका चीनतर्फका दुवै नाका अझै पनि पुर्ण रुपमा खुलेको छैनन् । नाकामा सहज स्थिति नहुँदा नेपाली ब्यवसायीहरुले मर्का खेप्नु परिरहेको छ।

तातोपानी र केरुङ्ग दुवै नाकावाट दुई वर्षदेखि प्रयाप्त मात्रामा सामान आयात नहुँदा नेपाली बजारमा लत्ताकपडादेखी दैनिक उपभोग्य सामानको समेत अभाछ। बजारमा जाडोका कपडा नपाइने स्थिति छ । दिनानुदिन बढिरहेको सितलहर र कठ्याङ्ग्रीँदो चिसो छेक्ने न्यानो तथा नयाँ कपडा बजारमा अभाव रहेको ब्यापारीहरु वताउँछन् । उनीहरुका अनुसार नाका बन्द हुँदा नयाँ सामान आएको छैन भने स्टकमा भएको सामान समेत रित्तिएको छ। 

बजारमा सामान अभाव भएपछि उपभोक्ताले चरम मुल्यवृद्धिको समेत सामना गर्नु परेको छ। काठमाडौं महाबौद्धका एक व्यापारीका अनुसार नाकामा विभिन्न खाले असहज परिस्थती पैदा हुँदा सामान काठमाडौं भित्र्याउन निकै गह्रो छ  । १५÷२० दिनमा आउने भनिएको सामान ३ देखि ६ महिनासम्म पनि आईपुग्दैन। गर्मी समयमै गएर अर्डर गरेको जाडोको कपडा अहिलेसम्म नआएको उनले गुनासो गरे ।

उनका अनुसार सामान छिटो ल्याउने प्रतिस्पर्धाले नाकामा पैसाको चलखेल समेत वढेको छ। पछिल्लो समय अमेरिकी अनुदान सहयोग एमसीसीको विषयलाई लिएर पनि चिनियाँ अधिकारीहरुले नाकामा समस्या उत्पन्न गर्न थालेका छन् । एमसीसीका कारण नेपाललाई दवाव दिने उदेश्यले चीन सरकारको रणनीति फेरिएको हुन सक्ने ब्यापारीहरुको धारणा छ।

एमसीसी पास भए चिनलाई असर पर्ने वुझाईका कारण उक्त योजना रोक्न दवाव दिने उदेश्यले नेपालीलाई दुःख दिने तथा अघोषित रुपमा नाका वन्द गर्ने रणनीति अनुसार चीनियाँ अधिकारीहरुले काम गरिरहेको उनीहरुको आशंका छ।

थोक व्यापारीहरुको संगठन, एकता व्यापार संगठनका बरिष्ठ उपाअध्यक्ष गोविन्द श्रेष्ठका अनुसार कोरोेनाका कारण चीनले नेपाली कन्टेनर तथा नागरिकलाई नाकामा रोक लगाएपछि समस्या बढेको हो। चीनले सामान निर्यातका लागि दैनिक १० ओटा नेपाली कन्टेनरलाई मात्रै अनुमती दिएको छ। ती कन्टेनरमा पनि स्वास्थ्य सामग्री,, हाइड्रोका सामान र फलफुल भित्रने गरेको उनको भनाई छ।

काठमाण्डौका व्यापारीका सामान भन्सारमा भएका नेपाली एजेन्टले खरिद गर्ने गरेका छन् । तर, ति एजेन्ट पनि नाका प्रवेश गर्न पाउदैनन् । ति एजेन्टले फोनका भरमा सामान खरिद गर्ने गरेका छन् । खरिद भएको सामान केरुङ भन्सारमा अलपत्र छ । सामान र यातायात खर्च तिरिसक्दा पनि चिनतर्फ भन्सारमा सामान रोकिने गरेको छ।

नेपालबाट गाडि छिर्न नपाएपछि चीनियाँ कन्टेनरकै मनलाग्दी छ। नाकाको समस्या त छदै छ , नेपाली व्यापारिले आफुले खरिद गर्न लागेको सामानको चेकजाँच समेत गर्न पाउँदैनन । ‘वि च्याट’ मा फोटो हेरेको भरमा सामान खरिद गर्नु परिरहेको ब्यापारीहरु वताउँछन् । सामान के छ ?  कस्तो छ ? सामानको गुणस्तर, साइज, रगंको बारेमा नेपाली व्यापारीले वुझन समेत पाउँदैन। चीनियाँ ब्यापारी र त्याँहा रहेका एजेन्टहरुको इच्छा अनुसारका सामान लोड भएर आउने गरेको उनीहरुको भनाई छ।

यी विषयमा विभिन्न व्यापारिक संगठनहरुले नेपाल सरकारलाई बेलाबखत अवगत गराउँदै आएका छन् । तर सरकारले आश्वाशन दिने वाहेक नाका सञ्चालनका लागि प्रयासै नगर्दा नेपाली व्यापारीहरुको स्थिती भयावह बन्दै छ । यस विषयमा सिमा नाका क्षेत्रमा अनुगमनमा गएकी नेपाल स्थित चिनीयाँ राजदुत होउ यान्छिलाई समेत स्थानीयवासीले अवगत गराएका थिए । उनले त्यस विषयमा आफुले पहल गर्ने आश्वासन दिएर हिडेपछि कुनै सुचना दिने वा पहल गर्ने काम नगरेको नाका रहेको सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिहरु वताउँछन्।

यता  महिनामा ३ देखि ५ पटकसम्म सामान ओसार–पसार गर्ने गाडिले अहिले महिनाको १ पटक पनि सामान ल्याउन मुस्कील छ । सामान लिन पुगेका ट्रक चालकका अनुसार अहिले आम्दानी भन्दा खर्च वढि छ। एक ट्रिप सामान भर्न नाकामै गएर महिना दिन जस्तै कुर्नु पर्छ । त्यहाँ गएर खाने बस्ने खर्च कर तिर्न पनि नपुग्ने चालकहरु बताउछन् ।

राजनीतिक विश्लेषक डा सुरेन्द्र के.सीले नेपाल प्रति चीनको जगंली प्रवृत्ति बदल्नु पर्ने बताएका छन् । चीनको सिमा अवलोकनका क्रममा कुरा गर्दै उनले यस्तो प्रकारको बर्बर कानुनले दुइ देश बिच अशान्ती फैलीने भन्दै छिमेकी देश प्रति चिनले निति बदलु पर्ने बताएका हुन ।


 

तातोपानी र केरुङ्ग नाका

विशेष