News Breaking News मुख्य समाचार

काठमाडौंको महाराजगञ्जस्थित पाकिस्तान राजदूतावासको कार्यक्रम नेपालीहरुले गरे बहिष्कार

काठमाडौंको महाराजगञ्जस्थित पाकिस्तान राजदूतावासको कार्यक्रम नेपालीहरुले  गरे बहिष्कार

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पाकिस्तान राजदूतावासको कार्यक्रम नेपालीहरुले बहिष्कार गरेका छन् ।

भारत प्रशासित क्षेत्र कश्मिर स्वतन्त्र हुनुपर्ने भनेर हरेक वर्ष बजेट सक्न गरिँदै आएको कार्यक्रममा यसपालि नेपाली नागरिकको सहभागिता न्यून देखिएको हो ।

कश्मिरलाई भारतले आफ्नो नक्सामा राखेर शान्ति अमनचयन कायम गरी विकासको दिशातिर अग्रसर गराएका बेला विभिन्न फण्डहरु खान पाकिस्तानले कश्मिर स्वतन्त्रताको नारा लगाउँदै आएको छ । यसक्रममा कश्मीर सोलाडिरिटी डे भनेर मनाउने गरेको छ । तर पाकिस्तानको यो बजेट पचाउने कार्यक्रममा नेपालीहरु नगएका हुन् ।

महाराजगंजस्थित बिहीबार दूतावासमा निमकान्त पाण्डे, मञ्जुरत्न शाक्य लगायत ११ जनामात्रै नेपाली सहभागी थिए । यसमा शाक्यका नाति पनि जोडिएका छन् । मान्छे नपुगेपछि शाक्यले आफ्नै नाति लगेर संख्या देखाउने प्रयास गरेका थिए ।

पाकिस्तानी राजदूतले पाण्डेलाई मानिसहरुको उल्लेख्य उपस्थिति गराउन आग्रह गरेका थिए । तर त्यसअनुसार उपस्थिति नभएपछि राजदूत निराश बनेका थिए । पछिल्लो समय पाकिस्तानमा हिन्दुसहित अल्पसंख्यकमाथि आक्रमण र हिन्दु मन्दिरहरुमा तोडफोडले घटनाले नेपालीहरु रिसाएका छन् । जसको प्रभाव कार्यक्रम देखिएको बताइएको छ ।

कार्यक्रममा नेपाली भन्दा पाकिस्तानी दूतावासकै कर्मचारीको संख्या धेरै थियो । ३५ जना जति भित्रै कर्मचारी थिए । बाहिरको सहभागी नभएपछि कार्यक्रम खल्लो भएको थियो । त्यसो त पछिल्लो समय काठमाडौंमा भूमिका विहीन पाकिस्तानी दूतावासले विभिन्न नाममा पैसा पचाउने काम मात्रै गर्दै आएको छ ।

सोलाडिरिटी डे का नाममा पनि केही रकम खर्च गर्ने र बाँकी गोजीमा हाल्ने गरेको पाकिस्तानी दूतावासका कर्मचारी बताउँछन् ।

जसरी भारतको सीमामा बसेर पाकिस्तानी सेनाले पाकिस्तान सरकारलाई बेफकुफ बनाएर पैसा लिएर मदिरा खान्छन् त्यसैगरी पाकिस्तानी राजदूतावासले कार्यक्रममा नाम पैसा लिएर आफ्नो देशबाट पैसा लिएर ठग्ने गरेको अधिकारीहरु बताउँछन् ।

विशेष