News कर्पोरेट

बतास समुहले आरजुको फोटो देखाएर ठगी गरेको आशंका

बतास समुहले आरजुको फोटो देखाएर ठगी गरेको आशंका

प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणमा जाने भएपछि त्यसको ब्यवस्थापनका लागि भारतमा रहेकी उनकी पत्नि आरजु देउवाले वुधवार सामाजिक सञ्जालमा आफु संलग्न संघ÷संस्थाको सूची सार्वजनिक गरिन् । उनले ६ वटा नाम सार्वजनिक गर्दै त्यस वाहेक आफु अन्य कुनै पनि संघ संस्थामा आवद्ध नभएको पुष्टि गरिन्।

नारायणहिटी दरवार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालनको अनुमती पाएको बतास समुहको चर्को आलोचना भईरहका वेला आफनो पनि नाम जोडिएपछि त्यसको खण्डन गर्ने कदमका रुपमा उनले फेसवुकमा संघ संस्थाको नाम सार्वजनिक गर्नु पर्यो ।

‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ। तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु’ भन्दै लेखिएको प्रष्टिकरणमा वतास समुहको नाम भने छैन।

तर, त्यसको एक दिनअघिसम्म भने बतास फाउण्डेशनको आधिकारिक वेवसाइट (www.batasfoundation.org) मा प्रधानमन्त्री पत्नी राणाको नाम र फोटो सल्लाहकारका रुपमा राखिएको थियो । यद्यपी अहिले उक्त फोटो र नाम दुवै हटाईएको छ। यो कदमपछि बतास समुहसँग सर्वसाधारणको आशंका थप वढेको छ। बतास समुहले आरजुको फोटो वेवसाईटमा राखेर ठगी गरेको त होईन ? भन्दै सार्वजनिक रुपमा प्रश्नहरु उठ्न थालेका छन् ।

यसरी, आरजुले आफु बतासको सल्लाहकार नरहेको भन्नु र बतासको वेवसाईटबाट उनको नाम र फोटो हटाउनुले थप आशंका उत्पन्न भएको जानकारहरु वताउँछन् । उनीहरु भन्छन्– ‘आरजुको भनाईलाई आधार मान्ने हो भने बतास समुहलाई ठगी आरोपमा कारवाही किन नगर्ने ?’

पछिल्लो कृयाकलापले प्रधानमन्त्री, राष्ट्रपतिलगायतका उच्च तहका ब्यक्ति र उनीहरुको परिवारको नाम जोडेर फाईदा उठाउन खोजेको देखिएकाले त्यस विरुद्ध सम्वन्धित निकायले कारवाही सुरु गर्नु पर्ने जानकारहरु वताउँछन् । यद्यपी, राणाले विज्ञप्ति जारी गर्दैमा पनि बतास घरानासँग उनको संलग्नता नरहेको पुष्टि नगर्ने उनीहरु वताउँछन् ।

बतास समूहले विशेषगरी विभिन्न ऐतिहासिक महत्वका सम्पदालाई भाडामा लिएर अनाधिकृत रुपमा ब्यवसाय गर्दै आएको छ । नाराणहिटी वाहेक पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको धर्मशालामा पनि होटल सञ्चालन गर्दै आएको छ ।  

बतास समुहले पोखराको सेती नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न पोखरा महानगरपालिकासँग सम्झौता गर्ने तयारी गरेपछि त्यसको पनि विरोध भएको थियो । 


यो पनि

बतास समुहमा के हो प्रधानमन्त्री पत्नि आरजुको साईनो ?

नारायणहिटी दरबारमा रेस्टुरेन्ट चलाउने निर्णयले योगेश भट्टराई विवादमा

आरजु देउवा नारायणहिटी दरबार संग्राहलय बतास समूह

विशेष