News

संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि सुरु भयो अभियान

संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि सुरु भयो अभियान

नेपालमा हिन्दु राज्य र राजशंस्थाका विषयमा राजनीतिक दलका नेताहरुमा नै ध्रुविकरण वढिरहेका वेला राष्ट्रिय एकता अभियान नेपालले संघीय हिन्दु गणतन्त्र नेपालका लागि अभियान सुरु गरेको छ ।

राष्ट्रिय एकता अभियान विराटनगरले शनिबार विराटनगरमा ‘संघीय हिन्दु गणतन्त्र विषयक बिचार गोष्ठी’ को आयोजना गर्दै यसलाई अभियानका रुपमा अघि वढाउने जनाएको हो । विराटनगरका समाजसेवी तथा अभियानका केन्द्रीय सदस्य निर्मल दुगढको अध्यक्षतामा सम्पन्न गोष्ठीमा भारतिय जनता पार्टीका बिहार प्रदेशका मन्त्री भानु प्रकाश रायले नेपाल धर्मनिरपेक्ष भएकाले हिन्दुत्व, हिन्दु संस्कार र संस्कृति संकटमा परेको बताए।

‘वेद, पुराण तथा बिभिन्न धार्मिक ग्रन्थहरुमा नेपालमा भएको हिन्दुत्व र हिन्दु संस्कारका बारेमा बर्णन गरिएकाले त्यसको संरक्षण र सम्बद्र्धनका लागि संघीय हिन्दु गणतन्त्र आवश्यक छ,’ उनले भने– ‘हिन्दुहरुको महान धर्मग्रन्थ रामयणमा वर्णन गरिएको राजा जनक र देवी सीताको जन्मभूमीसमेत रहेको नेपाल संघीय हिन्दु गणतन्त्र राष्ट्रका लागि सक्षम रहेकाले यो अभियानलाई सफल पार्ने सबै हिन्दुको दायित्व हो ।’

राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष बिनयकुमार यादवले हिन्दु धर्म र संस्कृतिसँग सम्बन्धित अनेकौं पौराणिक स्थल रहेको नेपाल संघीय हिन्दु गणतन्त्र हुनु आवश्यक रहेकाले यो अभियान देशभरि सञ्चालन गरेको बताए।

‘एकथरी राजासहितको हिन्दु गणतन्त्रको वकालत गरिरहेका छन् तर शहिदहरुले सहादत दिएर आएको गणतन्त्र मास्न नदिनका लागि पनि संघीय हिन्दु गणतन्त्रको अभियान सफल बनाउन आवश्यक छ,’ उनले भने–‘संसारमा अनेकौं इस्लामिक राज्य भएकाले नेपाल संघीय हिन्दु गणतन्त्र राष्ट्र हुनु आवश्यक छ ।’

अभियानकी उपाध्यक्ष सुनिता साहले मुलुकमा धर्मनिरपेक्षता भएदेखि हिन्दु धर्म, संस्कार र संस्कृती दैनिक संकुचनमा पर्दै गएको बताईन। उक्त कार्यक्रमका अध्यक्ष दुगढले धर्मनिरपेक्षताले हिन्दु र हिन्दुत्व नास भइरहेकाले संघीय हिन्दु गणतन्त्र अभियान सफल पार्ने अभियानमा जुट्न सवैलाई आग्रह गरे ।

हन्दु धर्मले महिलालाई देवीको दर्जा दिएकाले पनि सम्पूर्ण महिलाहरुले यो अभियानलाई सहयोग गर्नु पर्ने उनको धारणा छ।
 

राष्ट्रिय एकता अभियान

विशेष