News खेल

अनमोल कुलुङ राई स्मृति बास्केट बल प्रतियोगिताको उपाधि टाइम्स कलेजलाई

अनमोल कुलुङ राई स्मृति बास्केट बल प्रतियोगिताको उपाधि टाइम्स कलेजलाई

अनमोल कुलुङ राई स्मृति बास्केट बल प्रतियोगिताको उपाधि टाइम्स कलेजले जितेको छ भने रोयल उपविजेता वनेको छ।

विजेता र उपविजेता टिमलाई शिव सेना नेपालका अध्यक्ष अनिल बाबा वस्नेतले क्रमशः  नगद १ लाख र ५० हजार पुरस्कार प्रदान गरेका छन् । यसैगरी, उत्कृष्ट खेलाडीलाई १० हजार नगद प्रदान गरिएको छ।

समापन समारोहमा शिवसेना नेपालका केन्द्रीय सदस्यहरु कुमार घिमिरे, गोपाल श्रेष्ठ, अमृत लामा, प्रोमाद नाथ श्रेष्ठ, गुडी शर्मा, गीता नेम्वाङ, राजेश तामाङ, किरण गिरि,सुनिल खड्का, सरोज लामा, सुनिल बस्यको उपस्थिति थियो ।

शिव सेना नेपाल ललितपुरको आयोजनामा सञ्चालन भएको बास्केटवल प्रतियोगिता समापन समारोहमा आयोजक जिल्ला अध्यक्ष रवीन्द्र अवाले, काठमाडौं जिल्ला अध्यक्ष मदन कृष्ण महर्जन, काभ्रे जिल्ला अध्यक्ष उरेन्द्र तामाङ लगाएत शिव सैनिकहरुको उपस्थिति थियो ।
 

विशेष