News

रौतहटका पुराना वामपन्थि नेताको निधन, एमालेको झण्डा ओढाएर सम्मान

रौतहटका पुराना वामपन्थि नेताको निधन, एमालेको झण्डा ओढाएर सम्मान

आफनो उर्वर समय (चालिस वर्षभन्दा वढि) शोषित/पीडित जनताको मुक्तिका लागि खर्च गरेका रौतहटका वामपन्थी आन्दोलन नेता काशीप्रसाद साहको ७९ वर्षको उमेरमा निधन भएको छ।

विगत ६ वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका साहको शनिवार गरुडा नगरपालिका ४ स्थित आफ्नै निवासमा निधन भएको हो।

नेता साहको शनिबार नै पारिवारिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ। नेता साहको पार्थिव शरीरलाई नेकपा एमालेको झन्डा ओढाएर सम्मान गरिएको थियो ।

प्रतिकुल परिस्थितीमा पनि आफनो इमान र सैद्धान्तिक राजनीतिबाट विचलित नभएका साह नेकपा एमालेका होनाहार कार्यकर्ता थिए । उनी मध्यरौतहट बहुमुखी क्याम्पस गरुडाको व्यवस्थापन समितिका सदस्य पनि थिए।

विभिन्न संघसंस्था तथा समाजसेवामा जीवनभर सक्रिय रहेका साहकी बुहारी वीणादेवी साह नेकपा एमालेबाट प्रदेश २ बाट माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छिन्।

विशेष