काउन्सिल सदस्य पाण्डेले अश्लिल बोलेको अडियो वाहिरियो
प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले कार्यालयमा अपशब्द प्रयोग गरेपछि महिला कर्मचारीहरु आक्रोसित भएका छन् । प्रेस काउन्सिलमा पुस २१ गते भएको छलफलका क्रममा पाण्डेले एक जना महिला कर्मचारीकै अगाडि अपशब्द प्रयोग गरेका थिए ।
छलफलका क्रममा पाण्डेले वेस्यावृत्ति, ...ण्डिबाजी जस्ता शब्दहरु पटक–पटक प्रयोग गरेका थिए । उनले मंसिर १० देखि १२ गतेसम्म चितवनको सौराहामा सम्पन्न एमाले महाधिवेशनमा सवै मान्छे वेस्यावृत्तिकै लागि नगएको भन्दै केही भने त्यसैका लागि गएको आसयमा पनि प्रतिक्रिया जनाएका थिए।
पाण्डेले सार्वजनिक स्थल, त्यो पनि आफनै महिला कर्मचारीको अगाडि अस्लिल शब्द प्रयोग गरेर सम्पुर्ण महिलाहरुको अपमान गरेको उनीहरुले बताएका छन् । छलफलमा रहेकी महिला भने प्रतिक्रिया विहिन भएकी छिन्। तर, अन्य महिलाहरु भने पाण्डे विरुद्ध आक्रोशित छन् ।
वोर्ड सदस्यले नै अपशब्द प्रयोग गर्न थालेपछि महिला कर्मचारीहरुले असुरक्षित महसुस गरेका छन। उनीहरुकाबिचमा यस विषयमा घनिभुत छलफल समेत चलिरहेको छ । उनिहरुबिच पाण्डेप्रति प्रचण्ड आक्रोश रहेको बुझिएको छ। अधिकांशले पाण्डेको ब्यबहार राम्रो मानेका छैनन्।
पाण्डेले महिला कर्मचारीकै अगाडि अश्लिल/अपशब्द प्रयोग गरेको अडियो समेत काउन्सिल स्रोतले नेपाल आजलाई उपलब्ध गराएको छ। महिला कर्मचारीको अपमान गरेको विषयमा पाण्डेले सार्वजनिक रुपमा माफी माग्दै नैतिकताको आधारमा राजिनामा दिनु पर्ने उनीहरुको माग छ।
यस विषयमा पाण्डेले भने औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर कानुनन ब्यवसायीहरुले भने महिला कर्मचारीहरुका अगाडि अस्लिल शब्द प्रयोग गरेर गल्ति गरेको वताएका छन् । अधिबक्ता विष्णुप्रसाद तिमल्सिनाले पाण्डेले वोल्न गल्ति गरेको वताए ।
यो पनि
एमाले महाधिवेशनमा बेस्यावृत्ति भएको वरिष्ठ पत्रकारको खुलासा
दीपक पाण्डे प्रेस काउन्सिल नेपाल