सरकारले ब्यवस्थित गर्न नसकेपछि रसुवा भन्सार गुण्डाको जिम्मा
कोरोना संक्रमणका कारण समस्याग्रस्त रसुवागढी नाकामा अझै पनि चीनियाँ हस्तक्षेप हटेको छैन। आशिंक रुपमा खुलेपनि पुर्ण रुपमा नाका खुल्न सकेको छैन । कोरोनाको कारण देखाउदै चीनियाँ पक्षले नाकामा कडाई जारी राखेको हो ।
जसकारण सामान आयात गर्न नाकामा पुगेका गाडी चालकले व्यापक सास्ती खेप्नु परेको छ । कोरोनापछि चिनले नेपालका नागरिक र कन्टेनरलाई आफनो क्षेत्र प्रवेश गर्न रोक लगाएको छ । त्यसैले नेपालतर्फका ट्रक तथा कन्टेनर नाकावारी नै सामान कुरेर बस्ने गरेका छन्।
चीनको अवरोध अघि दैनिक ६० देखी ७० वटा गाडि केरुङ नाका पुगी लोड हुने गरेकोमा पछिल्लो समय दैनिक मुस्किलले करिब १० ओटा गाडि मात्रै लोड हुने गरेका छन्। त्यो पनि चाइनाकै गाडिमा सामान आउने गरेको छ। सामान लिन चीन प्रवेश गर्न नपाएपछि नाकावारी वसेका नेपाली गाडी चालकले आफुले ल्याउने सामानको बारेमा समेत जानकारी लिन पाउदैन्। चीनिया कन्टेनरले जस्तो सामान ल्याएर दिन्छ त्यहि ल्याउन बाध्य छन, नेपाली गाडी ।
नाकामा सहजता हुँदा एउटा ट्रकले रसुगढीनाकाबाट महिनामा ४ देखी ५ पटकसम्म सामान काठमाडौ ओसारपसार गर्ने गरेको थियो । तर पछिल्लो समय महिनामा एक ट्रक सामान लोड हुन पनि मुस्किल हुने गरेको चालकको गुनासो छ । गाडी चालकका अनुसार अहिले आम्दानी भन्दा खर्च बढि छ। एक ट्रिप सामान लोड गर्न नाकामै गएर महिना दिन जस्तै कुर्नु पर्छ । त्यहाँ गएर खाने बस्ने खर्चले गर्दा भएको आम्दानीले कर तिर्न पनि नपुग्ने चालकहरु बताउँछन् । होटलमा खान बस्न पैसा नहुदा, गाडि चालकहरु ट्रकमै खाना बनाएर खान बाध्य छन । महिनौ दिनसम्म ट्रकमै सुतेर रात बिताउँनु पर्ने उनीहरुको भनाई छ।
चीनको व्यापारिक क्षेत्रबाट सामान कतिखेर आउँछ भन्ने निश्चित हुँदैन । सामान आए पनि नाकामा हुने लापरबाहीले सामान लोड गर्नमा समस्या उत्पन्न हुने गरेको उनिहरुको गुनासो छ । चीनियाँ ५ वटा कन्टेनरमा आएको सामानले नेपालको १० ओटा ट्रक भरिन्छ । तर नाकावारी ३ सयदेखी ४ सयवटा गाडीको लाइन हुने गर्दछ । महिना दिनदेखि सामानका लागि कुरेर वसेका ट्रकले समेत सामान नपाउने स्थिती छ ।
स्थानीय प्रशासनले समेत सामान लोड/अनलोडलाई ब्यवस्थित वनाउन सकेको छैन। भद्रगोल तरिकाले सामान लोड गर्ने अवस्था भएपछि त्यहाँ गुन्डाहरु परिचालन गरिएको छ । नाकामा सामान लोड गर्नका लागि चीनियाँ पक्षले अतिरिक्त शुल्क ५ देखी १० हजारसम्म लिने गरेको छ । जसले बढि पैसा दिन्छ, उसको सामान छिटो लोड हुने गरेको छ । घुस नदिने गाडीले फेरी पनि कुर्नु पर्ने हुन्छ । महिनौंपछि नाकामा पुगेका कतिपय गाडी नियम अनुसार सामान लिन जान नपाउँदा अलपत्र पर्ने गरेका छन् ।
समयमा सामान नपाउँदा र भनेको जति सामान नपाउँदा ट्रक व्यवसायिहरु चरम आर्थिक मारमा परेका छन् । नाकाबन्दि अघि करिब डेढ लाखमा काठमाण्डौं भित्रने गाडिको खर्च अहिले १० लाख सम्म पुगेको छ । आम्दानी नभएपछि गाडिहरु बैकंले लिलाम गर्न थालेका छन् ।
गाडी व्यवासायीको मर्का स्थानिय सरकार तथा केन्द्रिय सरकारले सम्बोधन गरेको देखिदैन । चालकहरु सम्बन्धित निकायले छिटो भन्दा छिटो उनिहरुको समस्या सुनेर सम्बोधन गरिदिनु पर्नेमा जोड दिदै आएका छन् ।
चीनियाँ कब्जा चीनियाँ नाकाबन्दी गो ब्याक चाईना सीमा अतिक्रमण होउ यान्छी