News

सभापति देउवासहित कांग्रेसका चार नेता आईसोलेसनमा

सभापति देउवासहित कांग्रेसका चार नेता आईसोलेसनमा

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका चार जना नेताहरु आइसोलेसनमा बसेका छन्। 

सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेताद्वय रामचन्द्र पौडेल र ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका हुन्।  

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। प्रचण्ड सहभागी पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकमा कांग्रेस नेताहरु सहभागी थिए।

त्यसअघि बिहीबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो। शनिबारदेखि आइसोलेट भएका प्रधानमन्त्री देउवापछि उपसभापति खड्का, नेता पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्की पनि आइसोलेसनमा बसेका हुन्।

उपसभापति खड्काले आफूले शनिबारदेखि नै भेटघाट बन्द गरेको जानकारी दिए। उनले सोमवार कोरोना परिक्षण गराउने वताए ।

नेता पौडेलले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । उनले परिवारलाई भने छुट्टै राखेका छैनन् । 
 

विशेष