News विदेश स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्टः डेल्टा र ओमिक्रोनको संयोजनबाट ‘डेल्टाक्रोन’

कोरोनाको नयाँ भेरियन्टः डेल्टा र ओमिक्रोनको संयोजनबाट ‘डेल्टाक्रोन’

साईप्रसमा कोरोनाको अर्को नयाँ भेरियन्ट पत्ता लागेको छ। वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड–१९ को नयाँ भेरियन्ट पत्ता लगाएका छन् ।

युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लागेको वताएका छन्। जसको नाम ‘डेल्टाक्रोन’ राखिएको छ।

डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन अस्तित्वमा रहेका कारण उक्त नाम राखिएको जनाईएको छ। डेल्टाक्रोनका हालसम्म २५ जना संक्रमित फेला परेका छन् ।

ओमिक्रोनले नै डेल्टाक्रोनलाई पछि पार्न सक्ने संभावना रहेको जनाईएको छ। 
 

विशेष