News

खाँडादेवी जेसिजको अध्यक्षमा सम्झना श्रेष्ठ सर्वसम्मत

खाँडादेवी जेसिजको अध्यक्षमा सम्झना श्रेष्ठ सर्वसम्मत

जेसिजको रामेछाप खाँडादेवी गाउँपालिका शाखाको अध्यक्षमा सम्झना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छिन् । 

शनिवार सम्पन्न शाखाको पहिलो अधिवेशनबाट उनी दोस्रो अध्यक्षका रूपमा निर्वाचित भएकी हुन्। कार्यकारिणी उपाध्यक्षमा गुणराज श्रेष्ठ र सरिता श्रेष्ठ, उपाध्यक्षहरुमा दिपक राउत, रामकुमार श्रेष्ठ, रेश्मा श्रेष्ठ र सुजन श्रेष्ठ निर्वाचित भएका छन्।

अध्यक्ष श्रेष्ठले विनोद श्रेष्ठलाई महासचिव, होमबहादुर खत्रीलाई कानुुनी सल्लाहकार, विपिनराज श्रेष्ठलाई कोषाध्यक्ष तथा चद्रमाया श्रेष्ठलाई सह–सचिव र मन्दिरा श्रेष्ठलाई सह–कोषाध्यक्षमा मनोनित गरेकी छिने ।

यो शाखाको संस्थापक अध्यक्ष होमराज श्रेष्ठ हुन । 
 

विशेष