News

टिकट नपाएर को को पाखा लागे, कस्ले स्वेच्छाले राजनीति त्यागे?

टिकट नपाएर को को पाखा लागे, कस्ले स्वेच्छाले राजनीति त्यागे?

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धेरै नेताहरु पाखा लागेका छन्। कतिपयलाई पार्टीले टिकटै दिएन भने कतिपयले स्पेच्छाले सक्रिय राजनीतिबाट विदा लिएका छन्।

नेपाली कांग्रेसबाट नेता केबी गुरुङ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, मन्त्री उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायतका नेता यस पटकको निर्वाचनमा सहभागि छैनन्।

यसैगरी नेकपा एमाले नेता डा भीम रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, घनश्याम भुसाल (पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार), अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायत पनि कुनै पनि उम्मेदवार भएनन्।

नेकपा माओवादी केन्द्रबाट सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेताहरू हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायत पनि यो चुनावमा रिङ आउट भए। सापकोटाले अन्तिम समयमा आएर आफैले चुनाव नलड्ने बताए भने महाराले टिकट पाएनन। उनको नाम समानुपातिक सूचिमा राखेर अन्तिम समयमा हटाईएको थियो।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार बनेनन्। उनी स्वयम्ले उम्मेदवार नवन्ने घोषणा गरेर आफनो क्षेत्रमा नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाललाई उम्मेदवार बनाए।

विशेष