News

देउवा विरुद्ध आयोगमा उजुरी, खारेज हुन्छ उम्मेदवारी ?

देउवा विरुद्ध आयोगमा उजुरी, खारेज हुन्छ उम्मेदवारी ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । देउवाका प्रतिस्पर्धी कर्ण मल्लले उनको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

उजुरीमा उनले देउवाको उम्मेदवारी खारेजीको माग गरेका छन् । डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको मतदाता नामावली र नागरिकतामा जन्ममिति फरक रहेको उजुरीमा उल्लेख छ। उनको नागरिकतामा जन्ममिति ००३ जेठ  ३१ गते उल्लेख छ भने मतदाता नामावलीमा भने ००२ जेठ ३१ लेखिएको छ ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरे । उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको उनको भनाई छ । देउवा विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने उनले बताए ।

उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।
 

विशेष