News

रुपन्देही–५ को टिकट विवादले एमालेको एउटा राष्ट्रिय सभा सदस्य चैट्

रुपन्देही–५ को टिकट विवादले एमालेको एउटा राष्ट्रिय सभा सदस्य चैट्

नेकपा (एमाले) ले रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारमा वासुदेव घिमिरेलाई आधिकारिक उम्मेदवार बनाएको छ। तर, यसको झट्का भने राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईलाई लागेको छ।

आइतबार रूपन्देही–५ मा एमालेबाट घिमिरे र भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिला घिमिरेलाई टिकट दिए पनि पछि राष्ट्रिय सभा सदस्य रहेका भट्टराईलाई टिकट दिएका थिए ।

घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराए। निर्वाचन कार्यालयले उनीहरुको आधिकारिक्ता प्रमाणित गर्ने क्रममा बासुदेव घिमिरे उम्मेदवार भए। यो हानाथापमा एमालेले राष्ट्रिय सभाको एक सिट गुमाएको हो ।

एमालेका राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले राष्ट्रिय सभाको सांसद पदबाट राजीनामा दिँदै रूपन्देही–५ बाट उम्मेदवारी दर्ता गराएका थिए। भट्टराईले यसअघि वासुदेव घिमिरेलाई दिएको पत्र भुलवश भन्दै पार्टीको अर्को पत्रसहित दर्ता गराएको भएपनि निर्वाचन आयोगले भट्टराईको दाबीलाई खारेज गरी घिमिरेको उम्मेदवारी कायम गरेको छ ।

निर्वाचन ऐनअनुसार दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोनयनपत्र पेश भएमा पहिले मनोनयन पत्र दर्ता गर्ने व्यक्तिको मनोनयन कायम हुने उल्लेख छ । 

वासुदेव घिमिरे खिमलाल भट्टराई

विशेष