News

हुम्लामा पहिरोले घर पुरिएर ४ बालबालिकाको मृत्यु

हुम्लामा पहिरोले घर पुरिएर ४ बालबालिकाको मृत्यु

हुम्लामा पहिरोमा पुरिएर ४ बालबालिकाको मृत्यु भएको छ भने ३ जना घाइतेको उद्धार गरिएको छ । चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा यो घट्ना भएको हो।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा देउच्या सार्कीको घर पुरिएको जनाईएको छ। स्थानीयका अनुसार घाइते ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु र ३ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

प्रहरी चौकी मेल्छाम र सर्किगाडबाट गएको प्रहरी टोली र स्थानीयको सक्रियतामा घाइतेको उद्धार गरी स्वास्थ्यचौकीतर्फ लगिएको छ।

चार जनाको शव भने पुरिएकै घरभित्र रहेको छ। वर्षा भइरहेका कारण शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ। 

विशेष