News

चितवनको स्थायी वासिन्दा हुन रविले घर किन्छन् की डेरा बस्छन् ?

चितवनको स्थायी वासिन्दा हुन रविले घर किन्छन् की डेरा बस्छन् ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आईतवार चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्दै गर्दा चितवनको मान्छे भएर चितवनले लगाएको गुण तिर्न चाहेको बताए।

आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी हिरासतमा रहँदा उनको समर्थनमा चितवन र आसपासका युवाले निकालेको जुजुसलाई मतमा बदल्ने आशा बोकेर चितवन पुगेका लामिछानेले यसो भन्नुका पछाडिको उदेश्य कसैबाट लुकेको छैन।

उनले आसन्न निर्वाचनमा पनि त्यती वेलाकै जस्तो युवाहरुको सहयोगको अपेक्षा गरेका छन्। त्यसैले त उनले ट्वीटरमा आफु प्रहरी हिरासतमा पसेको र चितवनवासीले सहयोग गरेको स्मरण गरेका छन्। उनले चितवनबासीको मन वित्न चितवनमै वस्ने र चितवनलाई विश्वकै नमुना शहरको रुपमा विकास गर्ने समेत बताएका छन्।

रविले स्थायी रुपमा चितवनमा बस्ने गफ दिएपछि स्थानीयको मनमा एउटा प्रश्न उब्जिएको छ। ‘रविले चितबनमा घर किन्छन कि डेरामा बस्छन्?’ उनले यसको जवाफमा घर किन्न नसकौला तर स्थायी रुपमा बस्ने बताएका छन्।

यसलाई चितवनबासीले चुनावी गफका रुपमा विश्लेषण गर्न थालेका छन्। करोडौं  खर्च गरेर चुनाब लड्न सक्ने मान्छेले ५ धुर जग्गा किनेर एउटा झुप्रो हाल्न सक्दैन ? भन्दै उनको आलोचना हुन थालेको छ। पदम रमदाम नामका ट्वीटर प्रयोगकर्ताले त उनलाई ‘भ्रममा नपर्दा हुन्छ चितवनमा उर्लेको भिड सबै तेहाँका मतदाता होइनन् र थिएनन्। अहिले मनको लड्डु खानलाई रोक्न सकिदैन जित्न त उत्तिकै हो रबि!’ भन्दै जवाफ फर्काएका छन्।

मिनराज वसन्त नामका ट्वीटर प्रयोगकर्ताले रविको अझै कडा शब्दमा आलोचना गरेका छन्। उनले लेखेका छन्–‘के ठूला कुरा गर्छौ दाजै, तिम्रै चुनावी अभियानका लागि एक हप्ता तिम्रो टिममा बसेर कन्टेन्ट लेखें, तिनै कन्टेन्टमार्फत मत माग्यौ । तर पारिश्रमिक भने छैन । मलाई के विश्वास छ भने, तिम्ले जितेर पनि केही नाप्नेवाला छैनौ । तिम्रो गुदी र योजना छोटै समयमा थाहा पाइसकें । अब लेख्छु पनि ।’

लामिछाने आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेर ९ दिनसम्म चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेका बेला उनका पक्षमा भरतपुरमा दिनहुँजसो विशाल प्रदर्शन भएको थियो । नुवाकोट घर भएर काठमाडौंमा कार्यरत सञ्चारकर्मी शालिकराम पुडासैनी २०७६ सालको साउन २० गते नारायणगढको एक होटलमा मृत फेला परेका थिए । उनी लामिछानेका पूर्वसहकर्मी पनि थिए ।

आत्महत्या दुरुत्साहनमा रविविरूद्ध मुद्दा दायर भएपछि चितवन जिल्ला अदालतले उनलाई २०७६ सालको भदौ ९ मा पाँच लाख रूपैयाँ धरौटीमा रिहा गरेको थियो । रिहा भएपछि उनको समर्थनमा नारायणगढ नारायणी किनारमा समर्थकको ठूलो भीड जम्मा भएको थियो । जसलाई रविले सम्बोधन गरेर राजनीतिमा आउने संकेत दिएका थिए ।

आत्महत्या दुरूत्साहन मुद्दामा चितवन जिल्ला अदालतले लामिछानेलाई २०७६ सालको माघ ५ मा सफाइ दिएको थियो । पत्रकारिता क्षेत्रमा रहेर कमाएको चर्चालाई राजनीतिमा क्यास गर्न उनले गत असारमा आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र दल निर्माण गरेका छन् । यसैगरी ०७६ मा देखिएको भिडलाई मतमा बदल्न उनले चितवन २ मा उम्मेदवारी दर्ता गराएका छन्।

चितवन–२ मा एमालेबाट कृष्णभक्त पोखरेल र सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार छन् ।

रवि लामिछाने

विशेष