१५ जना मलामी बेपत्ता, पहिरोले बगाएको आशंका
![१५ जना मलामी बेपत्ता, पहिरोले बगाएको आशंका](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/malami.jpg)
कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएपछि हाहाकार मच्चिएको छ। शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका तिलागुफा नगरपालिका राँचुलीका १५ जना बेपत्ता भएका हुन् ।
ठुलो संख्यामा मलामी वेपत्ता भएपछि गाउँमा हाहाकार मच्चिएको छ। १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।
प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको उनको भनाई छ। स्थानीयले प्रहरीलाई खवर गर्दा मलामी गएका उनीहरूलाई माथिबाट पहिरोले बगाएको भनेका थिए।
हिजो दिउँसो १ बजे आसपासमा घटना भएको भएतापनि प्रहरीकोमा आज बिहान मात्र स्थानीयले खबर गरेका थिए । उक्त स्थान सदरमुकामबाट ४२ किलोमिटर टाढा पर्दछ । सडकका विभिन्न स्थानमा पहिलो गएको कारण मोटरसाइकल समेत उक्त स्थानमा पुग्न सक्ने अवस्था छैन ।
सञ्चार सम्पर्क नभएको कारण थप विवरण प्राप्त हुन नसकेको कालिकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले बताए ।
मलामी