News

बाहिरियो रविको आडम्वरः हात मिलाएको पनि यति प्रचार, देशै बनाउनु परे के गर्लान?

बाहिरियो रविको आडम्वरः हात मिलाएको पनि यति प्रचार, देशै बनाउनु परे के गर्लान?

चितवनलाई विश्वको नमुना शहर बनाउने घासणा गरेर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका रवि लामिछाने अहिले होटलमा वसेर चुनावी कार्यक्रम गरिरहेका छन्।

मनोनयन दर्ता गर्न आईतवार चितवन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने होटलमै वसेर कार्यकर्ता र शुभचिन्तकसँग भेटघाट गरिरहेको भिडियो सामाजिक सञ्चालमा सार्वजनिक भएको छ।

चितवनको स्थायी वासिन्दा हुने घोषणा गरिसकेका उनले सुविधा सम्पन्न होटलमा वसेर रमिता देखाएको भन्दै स्थानीय मतदाताले आलोचना गर्न थालेका छन्।

उनकै पार्टीबाट चितवन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका हरि ढकालको टिकटक एकाउण्टबाट सार्वजनिक भएको भिडियोमा त रवि र हरी दुवैको आडम्वर प्रष्ट भएको स्थानीयहरु बताउँछन्।

भिडियोमा उनीहरुले हात मिलाउन समेत अभिनय गरिरहेका छन्। क्यामरा म्यानतर्फ फर्केका उनीहरुले पहिला दुवैले हात अघि वढाउँछन्। तर, क्यामराम्यान तयार नभएको झै गरी हरिले हात पछि सार्छन। रवि उनले हात वढाउने प्रतिक्षामा हुन्छन्। केही समयपछि क्यामराम्यानले रेडि भएको संकेत गरेपछि दुवैले हात मिलाउँछन्।

यो भिडियो सार्वजनिक भएपछि हरि र रवि दुवैको आलोचना भईरहेको छ। हात मिलाउन समेत यति तयारी र अभिनय गर्ने उनीहरुले देसै बनाउने अवसर पाए भने कति प्रचार गर्लान ? र त्यसको विज्ञापनका लागि कतिहदसम्म जालान भन्दै प्रश्न उठन थालेको छ।

यहाँबाट हेर्नुहोस टिकटकको भिडियो।

विशेष