News

वालुवाटारमा डडेल्धुरा बाहेकलाई प्रवेश निषेध, देउवाले अरुलाई जनता बुझ्दैनन्?

वालुवाटारमा डडेल्धुरा बाहेकलाई प्रवेश निषेध, देउवाले अरुलाई जनता बुझ्दैनन्?

प्रधानमन्त्रीपत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवा जव–जव गृहजिल्ला डडेल्धुरा पुग्छिन तव–तव विवादमा पर्छिन। मतदाता प्रभावित पार्न जथाभावी बोल्दा उनको चर्को आलोचना हुने गरेको छ।

पछिल्लो पटक डडेलधुराका मान्छेले जति बालुवाटारमा अरु कसैले पनि पहुँच नपाउने दाबी गरेपछि उनी फेरी विवादमा परेकी छिन्। प्रधानमन्त्री देउवाको मनोनयन पत्र दर्ता गर्न डडेल्धुरा पुगेकी उनले बालुवाटारका लागि डडेलधुरा जादूको शब्द ‘खुल्जा सिमसिम’ जस्तै रहेको बताइन्।

‘डडेल्धुराको मान्छेले जति एक्सेस बालुवाटार कसैले पाउँदैन। डडेल्धुरा भनेको एउटा म्याजिक वर्ड जस्तै हो। ‘खुल्जा सिमसिम जस्तै...’ म डढेलधुराको हो भन्ने वित्तिकै भित्र जान पाउँछन्’ उनले भनिन्–‘त्यसो हुनाले यहाँको बासिन्दाले भन्दा धेरै अरु कसैले पनि...’

काठमाण्डु वासिन्दा भन्दा डडेलधुराबासीको पहुँच बालुवाटारमा धेरै रहेको दावी गरेकी उनले प्रधानमन्त्रीलाई भेट्न समस्या नभएको विकिर गरिन। ‘गाउँ–गाउँका वडा–वडाका साथिहरुले भेटन पाएका छन्। र अव यही आएर भेट्नु पर्छ भन्दा पनि...। प्रधानमन्त्री हो, देश चलाउनु प¥यो, अहिले झन गठबन्धन पनि चलाउनु पर्यो।’– उनले भनिन्।

दिल, दिमाग र सोचविचारले देउवा डडेलधुरामै रहेको उनको दाबी थियो। भौतिक रूपले आफूहरु टाढा बसेपनि डडेलधुरालाई हेर्ने एउटा संयन्त्र सेटअप रहेको उनले बताइन्। ‘म जति टाढा बसेपनि सेटअप छ। दिदीबहिनी बालबच्चा हेर्ने काम गरेका छौं’ उनले थपिन्–‘हामीले काम जत्ति पनि गरेका छौं। अरु जस्तो चुनावको बेला काटमार गर्ने अनि अरुबेला मुख नदेखाउने गर्दैनौं।’

स्थानीय तह निर्वाचनका क्रममा पनि उनी यस्तै अभिब्यक्तिका कारण विवादमा परेकी थिईन। उनले  आफ्नो पार्टीका उम्मेद्वारलाई चुनाव जिताए फ्रि–भिसा, फ्रि–टिकटमा विदेश पठाउने लोभ देखाएकी थिईन। उनले कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नै नपठाउने धम्की समेत दिएकी थिईन। 

यस विषयमा उनलाई निर्वाचन आयोगले स्पष्टिकरण समेत सोधेको थियो ।

आरजु राणा

विशेष