बाबुरामले गोरखामा त्याग होईन, छोरी र बुहारीलाई यसरी भाग दिलाए
पुर्व प्रधानमन्त्री एवम नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असोज १७ गते फेसबुकमा एउटा लामो स्ट्याटस लेख्दै ०७९ मंसीर ४ गतेको प्रतिनिधसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरे।
त्यसको केही दिनपछि नै उनी निर्वाचित हुँदै आएको गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्ने चर्चा चल्यो। नभन्दै उनले चितवन छोडेर गोरखा २ बाट मनोनयन दर्ता गराए।
दाहालको मनोनयन दर्ता हुँदै गर्दा पनि डा. भट्टराईले ‘आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको’ फुँई लगाए। ‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्याे, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुशी छु ।’
भट्टराईको यो कथन र कदमलाई धेरैले ‘त्याग’ का रुपमा ब्याख्या गरे, अहिले पनि गरिँदै छ। तर, स्मरणिय के छ भने उनले अवका चुनाव नलड्ने भनेका छैनन, खाली मंसिर ४ को निर्वाचनमा उम्मेदवारी नदिने जनाएका छन्। त्यसैले उनले गोरखामा गरेको त्याग राजनीतिक ब्यापारकै लेनदेन हो भन्ने बास्तविक्ता भने भर्खरै सतहमा आउँदैछ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति भएर आफ्नै अगुवाईमा निर्माण गरेको संविधानलाई ‘आधा गिलास भरी, आधा खाली’ भन्दै हिडेका उनले पार्टीमा समेत असहमति जनाएर नयाँ पार्टी खोले। त्यसपछि पनि एक ठाउँमा टिक्न सकेनन्। एउटाबाट अर्को र अर्कोबाट अर्को गर्दै उनी चुनाव नजिकिदै गएपछि अन्ततः माओवादी केन्द्रसँगै टाँसिन पुगे।
सिट बाँडफाँटको वार्गेनिङ चलिरहेको थियो। जसपाले भागबण्डामा असन्तुष्टि जनाएर गठबन्धन छोडेर एमालेसँग तालमेल गर्ने निर्णय गर्यो। डा. भट्टराईले जसपाको कदमलाई ‘दल बदल र कित्ता परिबर्तन’ फगत व्यापारमा झरेको भन्दै टिप्पणी गरे।
तर, उनले आफु दलबदल गर्दै हिडेको र तत्काल पनि छोरीका लागि निर्वाचन क्षेत्र ‘दाउ’ मा राखेको कुरा विर्सिए। खासमा उनी पनि राजनीतिक नाफा घाटाकै बार्गेनिङमा थिए। माओवादी नेताहरुका अनुसार फरक पार्टी भएका कारण उनले माओवादीबाट चाहे जति सिट हात पार्न सकेन्। त्यसैले उनले आफु त्याग गरेर छोरी मानुषि यमीलाई अगाढि बढाउने योजना अगाडि सारे।
कांग्रेसको विवादले धरमर भईरहेका र सहज निर्वाचित हुन सक्ने क्षेत्रको खोजिमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालसँग उनको कुरा मिल्यो। भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई प्रतिनिधिसभामा २ सीट दिने निर्णय गरियो।
राजनीतिमा छोरीलाई स्थापित गराउन चाहेका भट्टराईले पार्टीले पाएको २ मध्ये पनि एउटा क्षेत्र छोरी यमीलाई दिलाएको ति नेताहरुको भनाई छ। यमी ०६४ सालको संविधानसभा निर्वाचनमा आमा हिसिला यमी निर्वाचित भएको काठमाडौं ७ मा उम्मेदवार छिन। उनी नयाँ पुस्ताबाट मात्रै परिवर्तन सम्भव भएकाले आफू अघि बढेको दाबी गर्छिन्।
यतिमात्रै होईन, बाबुरामले भाइबुहारी दुर्गादेवी न्यौपाने भट्टराईलाई पनि यस पटक अवसर दिएका छन्। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा वुझाएको साझा समानुपातिक सूचीमा दुर्गादेवीको नाम खस आर्य (महिला) को दशौं नम्बरमा छ।
बाबुराम भट्टराई मानुषि यमी दुर्गादेवी न्यौपाने