News

ओलीको आशंकामा बल पु-याउँदै जसपाले ग-यो गठबन्धन वाहिर पनि तालमेल गर्ने निर्णय

ओलीको आशंकामा बल पु-याउँदै जसपाले ग-यो गठबन्धन वाहिर पनि तालमेल गर्ने निर्णय

सत्ता गठबन्धनमा तिक्तता रहेको र त्याहाँको सिट बाँडफाँड सकिएपछि मात्रै अन्य दलसँग तालमेल गर्ने एमालेको योजना सार्वजनिक भएको भोलीपल्टै जसपाले गठबन्धन बाहेक अन्य दलसँग पनि तालमेल खुला गर्ने निर्णय गरेको छ ।

पाँचदलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा पनि सहभागी छ । तर अहिलेसमम्मको बाँडफाँटमा जसपा सन्तुष्ट देखिएको छैन। नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७÷१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ ।

यसैबीच शनिबार जसपा कार्यकारिणी समितिको बैठक बसेको थियो। बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट नभए अरु दलसँग तालमेल गर्ने जसपाले निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्भव भएसम्म विकल्पका रुपमा अन्य राजनीतिक दलहरुसँग पनि निर्वाचनमा सिटको तालेमल गर्न सकिने छ ।’ त्यो पनि हुन नसके जसपामा एक्लै निर्वाचामा जाने प्रवक्ता सुमनले बताएका छन् । 

यो पनि,

गठबन्धनको किचलो साम्य नभई एमालेले अन्य दलसँग तालमेल नगर्ने , यस्तो छ कारण

विशेष