News

बालेन्द्र विरुद्ध प्रदर्शन र पुतला दहन, आन्दोलनमा सुमन सायमी पनि

बालेन्द्र विरुद्ध प्रदर्शन र पुतला दहन, आन्दोलनमा सुमन सायमी पनि

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विरुद्ध प्रदर्शन र पुतला दहन गरिएको छ। बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वाःछे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि उनी प्रदर्शन र पुतला दहन गरिएको हो।

उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । स्थानीय वासिन्दाले  महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

उनीहरुको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमी पनि पुगेका थिए । उनले काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाए ।

स्थानीयले मसाल जुलुस निकाले। महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आक्रोसित छन्। आन्दोलनमा उत्रिएका हुन् ।

विशेष