News अपराध सुरक्षा

साबधानः बलात्कारको झुठो उजुरीले नवलपरासीकी महिलाको यस्तो भयो हालत

साबधानः बलात्कारको झुठो उजुरीले नवलपरासीकी महिलाको यस्तो भयो हालत

आफु बलात्कृत भएको झुठो उजुरी दिएर फराउन एक महिला पक्राउ परेकी छिन्। झुटो जाहेरी दिएको आरोपमा ति महिलालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो।

नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौंको जडीबुटीमा डेरा गरी बस्ने ३४ वर्षिय महिलालाई प्रहरीले पक्रेको हो। उनको नाम भने प्रहरीले खुलाएको छैन।  

भक्तपुरकै लोकन्थलीमा पुर्याएर अचेत बनाई एक पुरुषले जबर्जस्ती करणी गरेको भन्दै ति महिलाले प्रहरी वृत्त (ठिमी) मा जाहेरी दिएकी थिइन्। तर अनुसन्धान गर्दा बलात्कार नभएको पुष्टि भएपछि ती महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

ती महिलाले पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको पाइएकाले प्रहरीको भनाई छ। ‘मलाई बलात्कार गरियो, मेरो यति पैसा, मोबाइल लिएर गयो भनेर जाहेरी दिइछन्, तर पछि बुझ्दा त्यो समयमा ती व्यक्तिहरू त्यहाँ आएका पनि होइनन्’ प्रहरीले भन्यो–‘मोबाइल हराएको होइन रहेछ, उनैसँग रहेछ, फसाउने नियतले झुटा निवेदन दिएको पाइएपछि नियन्त्रणमा लिएका हौं।’

प्रहरीले पीडित पुरुषको पनि पहिचान खुलाएको छैन। 
 

विशेष