News

रवि लामिछानेलाई चुनाव खर्चको पिरोलो, अर्बपति छन् प्रतिस्पर्धी

रवि लामिछानेलाई चुनाव खर्चको पिरोलो, अर्बपति छन् प्रतिस्पर्धी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। काठमाडौंका स्थायी बासिन्दा भए पनि उनी चुनाव लडन् भने चितवन पुगेका छन।

राजनीतिक दलका पुराना नेताबाट देशको विकास सम्भव नभएको भन्दै राजनीतिमा आएका लामिछाने अन्ततः पुराना नेताकै चेपुवामा परेका छन्। चितवन २ मा लामिछानेले एमालेबाट लगातार २ पटक चुनाव जितेका कृष्णभक्त पोखरेल र सत्तारूढ गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठसँग प्रतिस्पर्धा गर्नु पर्नेछ।

उनका दुवै प्रतिस्पर्धी करोडौं खर्च गर्न सक्ने हैसियतका छन्। जतिसुकै आदर्शका कुरा गरेपनि ब्यवाहारमा खर्च नगरी चुनाव जित्न सम्भव छैन भन्ने कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले नै पुष्टि गरिसकेका छन्।

उनले केही समय अघि ‘गाउँपालिका अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको सूचना आफूले पाएको छु’ भन्दै अभिब्यक्ति दिएपछि उनलाई निर्वाचन आयोगले स्पष्टिकरण समेत सोधेको थियो। तर, त्यसको जवाफ भने उनले दिएनन्।

यसरी हेर्दा पोखरेल पेशाले वकिल हुन। जानकारहरुका अनुसार तेस्रो पटक चुनाव जित्ने तयारीमा रहेका उनी आर्थिक, राजनीतिक, सामाजिक सवै हिसावले बलिया उम्मेदवार हुन। यसैगरी, गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ पनि बलिया दावेदार मानिन्छन्। श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन् ।

तर, चितवनकै होटल सिराइचुली, होटल सेन्ट्रल पार्कलगायतमा उनको लगानी छ। ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष श्रेष्ठ उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत हुन्। उनी कांग्रेसमा दुई पटक समानुपातिक कोटाबाट सांसद बनेका व्यक्ति हुन् । यसअघि उनी संविधानसभा सदस्य थिए । श्रेष्ठको शैक्षिक क्षेत्रमा मात्रै नभएर जलविद्युत् आयोजनामा पनि लगानी छ । उनी पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष हुन् भने सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो वझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीका पनि उनको लगानी छ ।

धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ । हाउजीङ तथा रियल स्टेटमा पनि लगानी रहेका प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता पनि हुन् । वहालवाला राज्यमन्त्री समेत रहेका श्रेष्ठले चुनावमा ब्यक्तिगत मात्र नभई राज्य स्रोतको पनि प्रयोग गर्न सक्ने आँकलन छ। 

यस अर्थमा लामिछानेले चुनावमा निकै खर्च गर्नुपर्ने अवस्था देखिएको जानकारहरु बताउँछन्। चितवनको स्थायी वासिन्दा वन्ने घोषणा गरेका तर ५ धुर जग्गा किनेर घर बनाउँछु भन्ने हिम्मत गर्न नसकेका उनलाई चुनावी खर्च निकै महंगो पर्न सक्ने उनीहरुको अनुमान छ।

रवि लामिछाने

विशेष