News

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई एकमुष्ट कारवाही, ५ बर्षका लागि निष्कासन

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई एकमुष्ट कारवाही, ५ बर्षका लागि निष्कासन

नेपाली कांग्रेसले बागी उम्मेदवार र तिनका प्रस्तावक र समर्थकलाई ५ बर्षका लागि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । सत्ता गठबन्धनको निर्णय विपरीत उम्मेदवार बनेकाहरुलाई कांग्रेसले एकमुष्ट कारवाही गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निष्कासन गरेको जानकारी दिएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

तर चितवन–३, चितवन–१ लगायत केही क्षेत्रमा कांग्रेसका नेताले स्वतन्त्र उम्मेदवारी दिएपछि उनीहरुलाई उम्मेदवारी फिता लिन भनिएको थियो। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उनीहरुले उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले निष्कासन गरेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य रहेका दिनेश कोइराला चितवन–३ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् भने पूर्वसांसद अमरेशकुमार सिंह सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । चितवन–३ मा कोइरालालाई एमालेले समर्थन गरेको छ ।

विशेष