रमेश खरेलले २० लाख कमिशन खाएको भिडियो चर्चामा

नेपाल प्रहरीका पूर्व डिआइजी तथा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–१ का उम्मेदवार रमेश खरेलले २० लाख ‘कमिसन खाएको’ भिडियोले यति बेला चर्चा पाएको छ। नेपाल सुशासन पार्टीका तर्फबाट उम्मेदवार बनेपछि उनी स्वयमले बोलेको भिडियो अहिले चर्चित भएको हो।
केही समयअघि एक टेलिभिजनमा अन्तर्वार्तामा दिने क्रममा उनले आफुले १५ देखि २० लाख कमिसन खाएको स्विकार गरेका थिए। ‘तीन करोड नेपालीको अगाडि भन्छु मैले १५ देखि २० लाख कमिसन खाएको छु’ उनले भनेका छन्–‘यदि त्यसो नगरेर तस्करसँग मिलेर महिनावारी खाएको भए ५० करोड कमाउँथे ।’
उनले आईजीपी भएको भए छोराको नाममा पनि कमिशन खान्थें भन्दै बताएका छन्। ‘देशलाई राजश्व वृद्धि गरेर कमिसन खाएर । अझ आइजीपी भएको भए के गर्थे थाहा छ? तीन करोड नेपालीलाई भन्छु कानुनसम्मत मेरो नाममा राख्न नहुने देशभरको राजश्व र रोयल्टी बढाएर मेरो छोराको नाममा कमिशन खान्थे ।’ उनले भनेका छन्।
खरेलले खाएको कमिशन गैरकानुनी भने होईन। सिमा नाकामा हुने चोरी तस्करी नियन्त्रणका क्रममा पक्राउ परेको सामान भन्सार कार्यालयमा बुझाएपछि राज्यले सुराकीलाई दिने कमिशन हो। उनले सोही कमीशन श्रीमतीको नाममा लिएको बताएका छन्।
राज्यलाई फाईदा गरेर त्यसबाट वैधानीक कमिशन लिएको उनको भनाई छ। खरेलले ०७४ चैतमा डिआइजीबाट राजीनामा दिएका थिए । सरकारले प्रहरी प्रमुखमा सर्वेन्द्र खनाललाई बढुवा गरेपछि असन्तुष्ट भएर उनले राजिनामा दिएका हुन।
उम्मेदवारी दर्ता गरेसँगै खरेलले संसदमा अपराधीको संख्या घटाउन आफूले उम्मेदवारी दिएको बताएका थिए ।
रमेश खरेल