News

युवा संघको नारामा आरजुको मानमर्दनः ‘आरजु भाउजु रानी हुन–भ्रष्टाचारकी खानी हुन’

युवा संघको नारामा आरजुको मानमर्दनः ‘आरजु भाउजु रानी हुन–भ्रष्टाचारकी खानी हुन’

चुनाव नजिदै गएपछि नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पत्नि आरजु राणा देउवाको मानमर्दन गर्न थालेको छ।

युवासंघ नेपालले निकालेको एउटा -यालीमा आरजुलाई ‘भ्रष्टाचारकी खानी’ भन्दै नारा लगाईएको छ। प्रमाणित नै नभएको विषयमा यसरी कसैलाई ब्यक्तिगत रुपमा आक्षेप लगाउनु देशको कानुन विपरित र राजनीतिक संस्कार विपरित भएको जानकारहरु वताउँछन्।

-यालीमा ‘हतियारको खेलेमा–श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार–महंगी र भ्रष्टाचार, आरजु भाउजु रानी हुन–भ्रष्टाचारकी खानी हुन, दाई भाउजुको पाराले–दुःख पाए साराले’ भन्दै नारा लगाईएको छ। 

उसो त एमालेका नेता÷कार्यकर्ताले पुर्वप्रधानमन्त्री स्वर्गिय नेता गिरिजा प्रसाद कोईराला विरुद्ध पनि ‘तालु खुईले गिरिजा–भारततिर छिरिजा’ भन्दै नारा लगाउने गरेका थिए।

यो पनि,
वालुवाटारमा डडेल्धुरा बाहेकलाई प्रवेश निषेध, देउवाले अरुलाई जनता बुझ्दैनन्?

आरजु राणा

विशेष