News

रविले चुनाव लड्न विक्रम पाण्डेसँग पैसा लिएकै हुन ?

रविले चुनाव लड्न विक्रम पाण्डेसँग पैसा लिएकै हुन ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएपछि उनको सम्वन्ध राप्रपा नेपालका उपाध्यक्ष तथा चितवन ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विक्रम पाण्डेसँग जोडिन थालेको छ।

पाण्डेले चितवन २ मा चुनाव लड्न रविलाई आर्थिक सहयोग गर्ने र चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले पाण्डेलाई सहयोग गर्ने गरी सहमति वनेको चर्चा छ। श्रोतका अनुसार लामिछानेका ससुरा उद्धव पौडेल पाण्डेका विजनेश पार्टनर हुन। उनी हालै मात्र राप्रपा नेपाल त्यागेर राप्रपामा फर्किएका हुन।

राप्रपा नेपालमा छँदा पाण्डे उपाध्यक्ष र पौडेल कोषाध्यक्ष थिए। रवि र पाण्डेका विचमा भएको सहमति पनि पौडेलकै मध्यस्थतामा भएको जनाईएको छ। यो विषय सामाजिक सञ्जालमा समेत चर्चाको विषय भएको छ।

चितवन २ मा उम्मेदवार वनेका एमालेका कृष्णभक्त पोखरेल र सत्तारूढ गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठसँग प्रतिस्पर्धा गर्न रविलाई खर्चको अभाव हुन सक्ने प्रसंगमा फेसवुक प्रयोगकर्ता विशो कार्की लेख्छन्–‘रवि पनि मिडिया हाउस सञ्चालक हुन। साथै चल्तीका पत्रकार पनि। फिल्म हल सञ्चालक तथा निर्माता उद्धव पौडेलका एकल ज्वाइँ यीनीसँग’नी पैसोको कमी छैन।’

यसैगरी, विराट सापकोटाले ‘बिक्रम पाण्डेसँग एक बोरा लिएर गको होरेत चितवन २ मा’ भन्दै लेखेका छन् भने देवेन्द्र कोइरालाले ‘बिक्रम पाण्डेका बिजनेस पार्टनर उद्धव पौडेलका ज्वाइँ हुन् । उनी आफैं पनि नेपालमा कमाएर अमेरिकाको ऋण तिर्ने हैसियत राख्छन् । खर्चको चिन्ता गर्नु पर्दैन ।’ भन्दै लेखेका छन्।

यो पनि,

रवि लामिछाने

विशेष