चुनावको मुखमा गुरुराज घिमिरे अस्पताल भर्ना
![चुनावको मुखमा गुरुराज घिमिरे अस्पताल भर्ना](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/gururaj.jpg)
नेपाली कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरे अस्पताल भर्ना भएका छन्। चुनावको मुखमा डेंगु संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
सत्ता गठबन्धनबाट मोरङका क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभाका उम्मेदवार रहेका घिमिरेलाई विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भर्ना गरिएको जनाईएको छ। घिमिरेले डेंगु संक्रमणका कारण ज्वरो आएकै अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिए । उनी मनोनयन दर्ता सकेर अस्पतालमा भर्ना भएका हुन् ।
यसैगरी, मोरङ क्षेत्र नं. ४ (क) का उम्मेदवार शेखरचन्द्र थापालाई पनि डेंगु संक्रमण पुष्टि भएको छ। उनलाई पनि नोवेल मेडिकल कलेजमै भर्ना गरिएको छ।