News

चतुर मनाङे यसरी भए निर्विरोध, निर्वाचित भएको घोषणा गर्ने तयारी

चतुर मनाङे यसरी भए निर्विरोध, निर्वाचित भएको घोषणा गर्ने तयारी

नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलको समर्थनमा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । उनले मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट उम्मेदवारी दिएका थिए।

मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन । यता, स्वतन्त्र उम्मेदजार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएकाले उनी निर्विरोध बन्न सफल भएका हुन।

अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले बताए।

०७४ मा स्वतन्त्र उम्मेदवार बनेका मनाङे एमालेको समर्थनमा चुनाव जितेका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुल मन्त्री बनाएका थिए । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएपछि केही दिनका लागि उनी दोस्रो पटक खेलकुद मन्त्री बने ।

तर, पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न उनको मुख्य भुमिका रह्यो। उनैको समर्थनमा बनेको कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा उनी युवा तथा खेलमन्त्री  भए। अहिले पनि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री रहेका मनाङेलाई फेरी पनि एमालेले समर्थन गरेको थियो। 
 

दिपक मनाङे

विशेष