News

विक्रम पाण्डे र रविको साँठगाँठले हलचल, चितवन ३ मा एमाले उम्मेदवार फिर्ता

विक्रम पाण्डे र रविको साँठगाँठले हलचल, चितवन ३ मा एमाले उम्मेदवार फिर्ता

चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्ना उम्मेदवार फिर्ता गरेर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ। एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ ।

चितवन– ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी र राप्रपा नेपालका उपाध्यक्ष विक्रम पाण्डे उम्मेदवार छन्। पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उचालेर चितवन २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई हराउन षडन्त्र गरिरहेको चर्चा चलिरहेका वेला एमालेको यस्तो निर्णय आएको हो।

स्रोतका अनुसार पाण्डेले चितवन २ मा चुनाव लड्न रविलाई आर्थिक सहयोग गर्ने र चितवन ३ मा रविको पार्टीले पाण्डेलाई सहयोग गर्ने गरी सहमति वनेको चर्चा छ। यो सहमति लामिछानेका ससुरा उद्धव पौडेलको समन्वयमा बनेको जनाईएको छ। पौडेल पाण्डेका विजनेश पार्टनर हुन भने उनी हालै मात्र राप्रपा नेपाल त्यागेर राप्रपामा फर्किएका हुन। राप्रपा नेपालमा छँदा पाण्डे उपाध्यक्ष र पौडेल कोषाध्यक्ष थिए। 

पाण्डे र लामिछानेको यो सहमति चर्चामा आएपछि एमालेले पाण्डे र अधिकारी दुवैलाई हराउन पछिल्लो रणनीति अघि सारेको चितवनवासीको अनुमान छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।

जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको तर आयोगको निर्णय भने बाँकी रहेको बताए । कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए ।

यो पनि,

विक्रम पाण्डे रवि लामिछाने

विशेष