News

लुम्बिनीका मुख्यमन्त्री केसीलाई यसरी लाग्यो उम्मेदवार अपहरणको आरोप

लुम्बिनीका मुख्यमन्त्री केसीलाई यसरी लाग्यो उम्मेदवार अपहरणको आरोप

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीमाथि माओवादी छाडेर दाङ क्षेत्र नं १ मा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका टंक विष्टलाई अपहरण गरेको आरोप लागेको छ।

विष्टका परिवारले मुख्यमन्त्री केसीले उम्मेदवार अपहरण गरेको आरोप लगाएको हो। स्रोतका अनुसार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मुख्यमन्त्री केसीले बोलाएको भनेर घरमै आएर विष्टलाई लिएर गएका थिए ।

त्यसपछि उनी सम्पर्क विहिन भएको टंककी बुहारी गौरी विष्टले बताईन। मोबाइल स्वीचअफ गरिएको र पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क नहुँदा अपहरण गरेको आशंका भएको उनले जानकारी दिइन् ।

प्रदेशसभाका आकांक्षी विष्टले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । माओवादीले उनलाई उम्मेदवारी फिर्ता लिन पटक–पटक दबाब दिएको थियो। उनलाई लुम्बिनीका मुख्यमन्त्री केसी, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालगायतका नेताले पटक–पटक फोन गरेको पारिवारिक स्रोतले जनायो ।

विष्टले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि अपहरण गरिएको परिवारको आशंका छ । प्रहरीमा भने कुनै उजुरी दिईएको छैन । राप्ती गाउँपालिका अध्यक्ष विष्ट भने कल रिसिभ नगरी बसेका छन्। 

विशेष