News

एमालेसँग मिल्दा जसपाका चार मन्त्रीको जागिर चैट्

एमालेसँग मिल्दा जसपाका चार मन्त्रीको जागिर चैट्

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्री बर्खास्त गरेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चार जना मन्त्री हटाएकी हुन।

चार वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकिएको छ। देउवा नेतृत्वको सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह सहभागि थिए।

श्रेष्ठ सरकारमा पार्टीको नेतृत्व गर्दै ०७८ असोजमा मन्त्री बनेका थिए भने इस्तियाक, प्रदीप र मृगेन्द्रकुमार असार २० गतेको मन्त्री परिषद पुनर्गनमा मन्त्री बनेका थिए । जसपाले गठबन्धन तोडेर नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवा रुष्ट थिए।

सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् । सत्ता गठबन्धनका नेताहरूले जसपाका मन्त्रीहरू हटाउनुपर्ने पक्षमा थिए ।

यो पनि,

जसपाका मन्त्री हटाउने देउवाको तयारी, आयोगले दियो सकारात्मक संकेत

विशेष