News

खगेन्द्र संग्रौलाको चिन्ता– रवि लामिछानेलाई भ्रमले डुबाउने भयो, कठै ब्रो !

खगेन्द्र संग्रौलाको चिन्ता– रवि लामिछानेलाई भ्रमले डुबाउने भयो, कठै ब्रो !

चितवन २  मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दयनिय अवस्थाप्रति लेखक खगेन्द्र संग्रौलाले चिन्ता ब्यक्त गरेका छन्। उम्मेदवारहरुको अवस्था हेर्दा देशभरिबाट बटुलिने समानुपातिक भोट पनि वैधता नपाएर चिलिम हुने छाँट रहेको भन्दै उनले दया देखाएका छन्।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका वेला आफनो पक्षमा उर्लिएको मानव सागरलाई चितवन २ कै ठान्ने भ्रमले लामिछानेलाई डुबाउने लक्षण देखिएको संग्रौलाको विश्लेषण छ। कठोर र जटिल यथार्थलाई लहडी दृष्टिकोणले आंकलन गर्नेको नियती यस्तै हुने उनले बताएका छन्।

‘पक्राउ पर्या बेला आफ्नो वरिपरि झुम्मिएका सारा जन २ नम्बर चितवनका मतदाता हुन् भन्ने भ्रमले रवि लामिछानेलाई डुबाउने लक्षण देखेँ’ उनले ट्वीटरमा लेखेका छन्–‘कठोर र जटिल यथार्थलाई लहडी दृष्टिले आकलन गर्नेको नियति सधैँ यस्तै त हो। देशभरिबाट बटुलिने समानुपातिक भोट पनि वैधता नपाएर चिलिम हुने छाँट छ।कठै ब्रो!’

लामिछाने आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेर ९ दिनसम्म चितवन जिल्ला प्रहरी हिरासतमा बसेका थिए। त्यसबेला उनका पक्षमा भरतपुरमा दिनहुँजसो विशाल प्रदर्शन भएको थियो । नुवाकोट घर भएर काठमाडौंमा कार्यरत सञ्चारकर्मी शालिकराम पुडासैनी ०७६ सालको साउन २० गते नारायणगढको एक होटलमा मृत फेला परेका थिए । उनी लामिछानेका पूर्वसहकर्मी पनि थिए ।

चितवन जिल्ला अदालतले उनलाई ०७६ सालको भदौ ९ मा पाँच लाख रूपैयाँ धरौटीमा रिहा गरेपछि जम्मा भएको भिडलाई सम्बोधन गर्दै उनले राजनीतिमा आउने संकेत दिएका थिए।

खासमा रवि लामिछाने आफनै कार्यकर्ता र समर्थकको इच्छा विपरित चितवन–२ बाट उठ्ने पुगेको पाईएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध चितवन ३ मा उम्मेदवारी दिने वताईरहेको लामिछानेले चितवन २  रोजेपछि उनलाई आफ्नै कार्यकर्ताले घेरेका थिए।

क्षेत्र नम्बर ३ बाट उठ्ने भनेर आफूहरूलाई झुक्याएको भन्दै कार्यकर्ताहरू रुष्ट छन्। कार्यकर्ताको इच्छा विपरित क्षेत्र नम्बर २ नै रोज्नुको कारण भने धेरै रहेको बताईन्छ। जानकारहरुका अनुसार लामिछानेले चितवन ३ का दुई उम्मेदवारसँग आन्तरिक सहमति गरेका छन्। 

एकातर्फ राप्रपा नेपालका उपाध्यक्ष विक्रम पाण्डेसँग सहयोग गर्ने सहमति गरेर आर्थिक फाईदा लिएको र अर्कोतर्फ नेपाली कांग्रेसको असन्तुष्ट समूहसँग दुवै पक्षले एकअर्कालाई सघाउने सहमति गरेको क्षेत्र परिवर्तन गरेको श्रोतको भनाई छ।

रविले क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले र २ नम्बरमा कांग्रेसको असन्तुष्ट समूहले उम्मेदवार नै नउठाउने तथा दुवै क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने सहमति गरेका थिए। तर स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर ३ मा जिता बरालले उम्मेदवारी दर्ता गरेपछि उक्त समुहसँगको सहमति भाँडिएको छ। यद्यपी सहमतिलाई कायम राख्ने र विज्ञप्ति मार्फत बरालको उम्मेदवारी निस्कृय वनाउने प्रयास भने जारी रहेको श्रोतको दावी छ। 

यसैगरी चितवनका कांग्रेस कार्यकर्ताहरूमा उमेश श्रेष्ठप्रति लगाव कम रहेको, एमालेभित्र कृष्णभक्त पोखरेलको प्रभाव पहिलेजस्तो नरहेकाले जितसहज ठानेर रवि २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेको बताईन्छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ बाट कांग्रेसको १५ देखि २० हजारसम्म भोट तान्ने दाबी गरेको छ। यो क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाबाट स्थानीय चुनावमा जगन्नाथ पौडेलले ६ हजार ४ सय ७५ भोट ल्याएका थिए। सहमतिअनुसार यो भोट आफूतिर आउने रविका सहयोगीहरू बताउँछन्।

महानगरबाहेक कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट पनि तत्कालीन भुइँकटहर समूहको केही भोट रविले पाउने उनीहरूको आशा छ। यसबाहेक उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको नरूचाएका कांग्रेस कार्यकर्ताहरूलाई आफूतिर तान्ने उनीहरूको रणनीति छ।

एमालेभित्रका युवाको भोट पनि तान्ने रविको योजना छ। एमालेबाट ३० प्रतिशतसम्म भोट तान्न सक्ने आकलन उनले गरेको बताईन्छ।

यो पनि,

रवि लामिछाने खगेन्द्र संग्रौला

विशेष