News खेल

मलेसियाको एयरपोर्टमा यसरी थला पर्यो नेपाली राष्ट्रियता

मलेसियाको एयरपोर्टमा यसरी थला पर्यो नेपाली राष्ट्रियता

एएफसी यु–१७ एसियन कप छनौटमा भाग लिन भियतनाम पुगेको नेपाली फुटवल टोलीले ब्यवस्थापनको कमजोरीका कारण मलेसियामा २५ घण्टा सास्ती खेप्नु परेको छ। सरकारको वेवास्ता र एन्फाको कमजोरीले खेलाडिहरु भोकभोकै वस्नु परेको थियो।

नेपाली फुटवल टोलीले भियतनाम जाने क्रममा १२ घण्टा र फर्कने क्रममा २५ घण्टा मलेसिया स्थित क्वालालम्पुर इन्टरनेशनल एयरपोर्टमा विताएको थियो। त्यहाँ उनीहरुलाई नत वस्ने ब्यवस्था गरिएको थियो, नत खानकै । 

खेलाडिहरुले भोकभोकै र शौचालयको पानी पिएर २५ घण्टा विताउनु परेको गुनासो छ।  सँगै रहेको चिनियाँ टोली होटलमा मस्ति गरिरहँदा नेपाली टोली भने अलपत्र अवस्थामा भौतारिनु परेको टोलीमा संलग्न एक सदस्यले वताए । सस्तो टिकटको लोभमा धेरै ट्रान्जिट समय राखेर खेलाडीलाई विदेश पठाएका यस्तो समस्या आएको बताईन्छ।


 
चिनको प्रभाव क्षेत्र रहेको मलेसियामा चाइनिज ताइपेई राष्ट्रिय अन्डर–१७ फुटबल टिमले पनि करिव १२ घण्टा उक्त एयररपोर्टमा विताएको थियो। तर, उनीहरुका लागि भने वस्नका लागि होटलको ब्यवस्था मिलाईएको थियो। राष्ट्रिय टिमको जर्सी लगाएका नेपाली खेलाडीहरु भने कुल्ली सरह झोलाको सिरानी लगाएर खुल्ला स्थानमै सुत्नु परेको उनीहरुको भनाई छ।

यू–१७ एसियन कप छनोटको खेलमा नेपालको प्रर्दशन पनि उल्लेख्य रहन सकेन । नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनाको ताईपेईसँग ४–२ गोल अन्तरले पराजित भएको थियो । 

विशेष