News

सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतले दियो अनुमति

सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतले दियो अनुमति

जिल्ला अदालत, काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । पहिलो पटक ७ दिनको म्याद दिएको अदालतले यस पटक थप ५ दिन हिरासतमा राख्न अनुमती दिएको हो।

असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अदालतमा अनुमति मागेको थियो । तर, अदालतले ५ दिन मात्रै अनुमति दिएको हो।

गत भदौ २१ गते एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पु¥याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन ।

होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए । केन्यासँग ट्वान्टी–२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए ।

सन्दीप लामिछाने

विशेष