सन्दीप र पल शाहलाई षडयन्त्र पुर्वक फसाईएको बरिष्ठ अधिवक्ताको दावी

नेपालका लागि नेपाली पार्टीका अध्यक्ष तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले क्रिकेटर सन्दीप लामिछाने र नायक पल शाहलाई षडयन्त्र पुर्वक फसाईएको आरोप लगाएका छन्। न्यौपानेले एउटा अन्तर्वाताएका क्रममा नेपालको अन्तर्राष्ट्रिय पहिचान मेटाउन यी सवै षडयन्त्र भएको बताए।
यस्ता प्रकरणमा नेपालको कानुनी ब्यवस्थामै समस्या भएको बताएका उनले त्यही कानुनी समस्याको फाईदा उठाएर नेपालको अन्तर्राष्ट्रिय पहिचान समाप्त पार्न सन्दीप र पल शाहलाई फसाईएको उनको आरोप छ।
यो सवै षडयन्त्रका पछाडि भारत लागेको उनले दावी गरे। ‘पल शाह थुनामा परेका कारण राष्ट्रलाई ठुलो नोक्सान भयो। भारतीय सिनेमा मात्रै नेपालमा चल्ने भए’ उनले भनेका छन्–‘पल शाहको सिनेमा आएपछि भारतीय सिनेमा चल्न छोडे अरे नेपालमा, त्यसपछि पल शाहलाई षडयन्त्र गरेर फसाईयो।’
यो सवै षडयन्त्र नेपाललाई समाप्त पार्ने योजना अन्तर्गत भएको न्यौपानेले दावी गरे।
पल शाह अहिले बाल यौन दुरुपयोगको कसुरमा कारागारमा छन्। नावालिका बलात्कारको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत नवलपुरले साढे २ वर्षको कैद सजाय तोकेको छ। एक नाबालिगको जाहेरीपछि गत चैत ३ गते जिल्ला अदालतमा उनी विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो।
भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पल शाहलाई बाल यौन दुरुपयोगको कसुरमा साढे २ वर्ष कैद र नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। जिल्ला अदालत तनहुँमा पनि तिनै नाबालिगका तर्फबाट अर्को मुद्दा दायर भएको छ।
यसैगरी नाबालिका बलात्कार गरेकै आरोपमा पक्राउ परेका क्रिकेटर लामिछाने अहिले काठमाडौं प्रहरी वृत्त गौशालाको हिरासतमा छन्। प्रहरीले उनलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएर विहिवार थप ५ दिनको म्याद थप गराएको छ।
असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले पहिलो पटक २४ गते अदालतमा उपस्थित गराएको थियो । गत भदौ २१ गते एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन ।
जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पु¥याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन । लामिछानेले भने ति किशोरी नाबालिग पनि नभएको र उनकै आग्रहमा होटलमा भेट्न गएको दावी गरेका छन्।
होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए । केन्यासँग ट्वान्टी–२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए ।
पल शाह सन्दीप लामिछाने